बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

बुधबार, ०८ माघ २०७६, १८ : २८
बुधबार, ०८ माघ २०७६

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे ।

उनले खेलको ५२औँ मिनेटमा करीब ३० यार्डबाट प्रहार गरेको फ्रि किकबाट उत्कृष्ट गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले आठ खेलमा १६ अङ्क जोड्दै शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग अङ्क बराबरी गरेको छ । 

अङ्क तालिकामा मछिन्द्र गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै पराजित पुलिसको आठ खेलमा ११ अङ्क छ । पुलिस अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप