दीपक मनाङे भन्छन् : मिलन गुरुङलाई झापड हान्दा यत्रो कुरा ?
पोखरा । सांसद दीपक मनाङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्दा ठूलो इस्यू बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गुरुङलाई ठगको संज्ञा दिए ।
‘तपाईंको अठार जना बच्चा अलपत्र पर्दा के गर्नुहुन्छ ?’ सञ्चारकर्मीहरुसँग प्रश्न राख्दै उनले भने, ‘मैले एउटा ठगलाई हान्दा यत्रो कुरा ? ।’ ठगी गर्नेहरुलाई झापड हान्नुपर्ने उनको भनाई थियो । कास्की एन्फा अध्यक्ष मिलन गुरुङले पैसा नभएको चेक दिएको फोटोकपी पनि उनले पत्रकारहरुलाई बाँडेका थिए ।
सांसद जस्तो मान्छेले झापड हान्दा तपाईंको पदलाई स्वभा दियो त ? भन्ने प्रश्नमा मनाङले आफूलाई ठिकै लागेको तर्क पेश गरे। ‘तपाईंलाई मन परेन भने त तपाईंको प्रोब्लम हो,’ उनले भने, ‘मलाई त राम्रो लाग्यो ।’
मिलनविरुद्ध पनि आफूले ५० वटा जाहेरी दर्ता गराउँन सक्ने उनले दावी गरे । ‘म विरुद्ध जाहेरी दिने ?’ उनले भने, ‘मैले त्यस्ता जाहेरी त ५० वटा दिन सक्छु ।’
यसैबीच मिलनले भने प्रहरीमा मनाङेविरुद्ध जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण