शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका यी ‘आइटम गर्ल’, जो अभिनयमा पनि छन् सफल

बुधबार, ०८ माघ २०७६, १७ : ५६
बुधबार, ०८ माघ २०७६

मुम्बई । बलिउडका म्युजिक र नृत्य विश्वमा रुचाइने गरिन्छ । सायद, त्यसैले पनि होला कतपय फिल्म फ्लप भएपनि त्यसका गीतसंगीत भने सुपरहिट साबित हुने गरेका छन् ।
त्यस्ता गीतमा गरिएका आइटम नृत्य समेत चर्चामा रहने गर्दछ । ती गीतमा बलिउड नायिकाले आफ्नो सौन्दर्य र आकर्षक नृत्य मार्फत सबैलाई मोहित बनाउने गर्दछन् । आज हामी बलिउडका ४ ‘आइट गर्ल’ को चर्चा गर्दैछौ । जो आइटम का अलवा अभिनेत्रीको रुपमा पनि उत्तीकै सफल छन् ।
कट्रीना कैफ
‘बार बार देखो’, ‘इथे आ’, ‘काला चश्मा’ जस्ता आइटम मार्फत उनले आफूलाई राम्रो आइटम गर्लको डान्सरका रुपमा पनि प्रमाणीत गरेकी छन् । अभिनेत्रीको रुपमा समेत सबैको मन जित्न सफल उनी हरेक आइटम मार्फत दर्शक मोहित पार्न सफल छिन् । 
श्रद्धा कपुर 
श्रद्धालाई प्राकृतिक र एनर्जेटिक डान्सरको उपाधि कयौ पटक मिलिसकेको छ । उनले डेब्यु फिल्मबाटै आफू राम्रो आइटम डान्सर भनेर समेत प्रमाणित गरिसकेकी छन् । 
दिशा पटानी 
केही समय अगाडि रिलिज फिल्म ‘भारतमा’मा दिशाले ‘स्लो मोशन’ गीतमा सानदार डान्स मुभ देखाएकी थिइन् । सामाजिक संजालमा उनको डान्सिङ भिडियो निकै भाइरल भएको थियो । 
आलिया भट्ट 
आलिया पछिल्लो समयको बलिउडकी टप अभिनेत्री मध्यको एक हुन् । अभिनयको अलवा नृत्यमा पनि उनी जो कोहीलाई टक्कर दिन सक्छिन् ।  केही पहिले रिलिज फिलम कलंकमा उनले ‘घर मोरे परदेशिया’मा माधुरी दीक्षितका साथ नृत्य गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप