एन्फा कास्की अध्यक्षद्वारा दीपक मनाङे विरुद्ध जाहेरी दर्ता
बुधबार, ०८ माघ २०७६, १७ : ४५

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका सांसद दीपक मनाङे विरुद्ध मुद्दा दर्ता गराएका छन् ।
मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्षलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ ।
बुधबार दिउँसो ४ बजेतिर उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङे विरुद्ध जाहेरी दर्ता गरेको बताएका छन् ।
यसअघि रातोपाटीसँग कुराकानी गर्दै एन्फा अध्यक्ष गुरुङले आफूले प्रहरीमा जाहेरी दिने बताएका थिए ।
सांसद मनाङले पनि बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर घटनाबारे स्पष्टीकरण दिएका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चौकीमा पाकिस्तानले गोलाबारी गरेको आरोप
-
‘भारतबाट एक थोपा पानी पनि पाकिस्तान जानु हुँदैन’
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार