बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । २०७६ माघ ९ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गर्न मतपत्रसहित आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेका छन् ।
निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित खटिई मतदान केन्द्रको निर्माण कार्य समेत सपन्न भइसकेको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा पुस १५ गते देखि स्थापना गरी सञ्चालन भएको, सम्बन्धित प्रदेशका उच्च अदालत रहेका जिल्लाका सातजना जिल्ला न्यायाधीशलाई न्याय परिषद्को सिफारिसमा निर्वाचन अधिकृतको पदमा गत पुस ११ गतेदेखि नियुक्त गरी निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कहाँ कति मतदाता ?
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्यततर्फ ९३ र स्थानीय तह सदस्यतर्पm २८४ गरी ३६७ जना मतदाता रहेका छन् । प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवनमा मतदानस्थल तोकिएको छ । यस केन्द्रमा प्रदेश सभा सदस्यतर्फ १०७ र स्थानीय तह सदस्यतर्पm २७२ गरी ३७९ जना मतदाता रहेका छन् । बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्पm ६० र स्थानीय तह सदस्यतर्फ १७० गरी २३० जना मतदाता रहेका छन् । प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ ।
यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २१८ गरी ३०५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यततर्फ ४० र स्थानीय तह सदस्यतर्फ १५८ गरी १९८ जना मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १७६ गरी २२९ जना मतदाता रहेका छन् ।
यसरी सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तह सदस्यतर्पm १,५०६ गरी कूल २,०५६ जना मतदाता रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।
प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुई दुई जना, प्रदेश ५ मा महिला,अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुई दुई जना गरी कुल १८ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।
६ राजनीतिक दल प्रतिष्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार, गण्डकी प्रदेशमा रिक्त महिला समूहततर्फ २ र अन्य समूहततर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहततर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहततर्फ ३ र अन्य समूहततर्फ ४ गरी ९ जना उम्मेदवार, कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसअनुसार सातवटा प्रदेशमा यस निर्वाचनमा महिला समूहततर्फ १६ जना, दलितसमूहततर्फ ५ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहततर्फ ५ जना र अन्य समूहततर्फ १९ गरी कूल ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
६ हजार २६० मतपत्र
प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङ्गको मसीले विवरण र निर्वाचन चिन्ह उल्लेख गरी जम्मा ६,२६० थान मतपत्र छपाइ गरी राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने प्रदेशगत समूह र मतदाता संख्याको आधारमा सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा पठाई सकिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मिति २०७६ पुस २७ गतेबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत निर्वाचन आचार संहिताले तोकेका सबै सरोकारवालाहरूले पालना गर्ने गरी निर्वाचन आचारसंहिता, २०७२ लागू गरेको छ ।
निर्वाचन आचार संहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात मिति २०७६ माघ ६ गते सोमबार राती १२ः०० बजे देखि मौन अवधि शुरु भइसकेको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार सम्बन्धी कुनै पनि कार्य गर्न गराउन नपाइने आयोगले जनाएको छ ।
मतदानका लागि परिचयपत्र अनिवार्य
निर्वाचनका लागि सुरक्षा प्रबन्ध प्रभावकारी बनाएको आयोगले जनाएको छ । मतदान हुने जिल्ला सदरमुकाममा प्रदेश भित्रका प्रदेश सभा सदस्यहरू तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदानका लागि बुधबार साँझसम्म मतदानस्थल आइसक्ने आयोगले जनाएको छ ।
बाह्य जिल्लाबाट आउने मतदाताहरूको आवागमन मार्ग तथा आवासीय स्थानहरूमा सुरक्षाको सुक्ष्म निगरानीको प्रवन्ध मिलाई सकिएको आयोगले जनाएको छ । माघ ९ गते बिहीबार बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने भएकोले आयोगले निर्धारण गरेबमोजिमको परिचयपत्र लिई मतदानमा सरिक हुन सम्पूर्ण मतदाताहरूलाई आयोग अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
-
अति संवेदनशील मतदान स्थलमा १६ जना प्रहरी परिचालन गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
-
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने यी हुन् ९ आधार
-
क्रिप्टो कारोबारमा मुछिएका ३३ जना धरौटीमा रिहा, तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान
-
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप