ग्रीसमा पहिलो महिला राष्ट्रपति

एथेन्स । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लागेकी छिन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसकेकी छिन् । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ ।
‘ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,’ प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका छन् । चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट) को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कानूनमा विशेषज्ञ पनि हुन् । हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति हुन् र उनको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ ।
ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नेछिन् । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उनको विजयी सुनिश्चित भएको हो । संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ ।
मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक ‘असाधारण न्यायाधीश’ र मानव अधिकारको पक्षधर रहनु भएको बताए । समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ । प्रधानमन्त्री मिट्सोटाकिसले यस पटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बन्नु भएकाले विगतको लामो परम्परा तोडिएको बताए । विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए । –एएफपी/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार