शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज पूरा भएन सन्दीपको सतक विकेट

बुधबार, ०८ माघ २०७६, १६ : १०
बुधबार, ०८ माघ २०७६

एजेन्सी ।  नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् । बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३ औं खेलमा विकेटविहिन भए ।

एडिलेड स्ट्राइकर्स बिरुद्ध सन्दीपले तीन ओभर बलिङ गरेका २४ रन खर्चिए तर विकेट लिन सकेनन् । टी–२० क्रिकेटमा ९८ विकेट लिइसकेका सन्दीपलाई एक सयको आँकडा पूर्याउन अझै अर्को खेल कुर्नुपर्ने भएको छ । उनले अहिलेसम्म १८ वटा टी–२० अन्तर्रास्ट्रिय क्रिकेटमा २८ र ५४ वटा विभिन्न टी–२० क्रिकेट लिगमा ७० विकेट लिँदै ९८ विकेट पुर्याएका हुन् । आज पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक ६२ रन बनाएर मेलबर्नलई एक सय ६३ रनको लक्ष्य दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप