कर्णालीका पाँच जिल्ला सञ्चारविहीन
बुधबार, ०८ माघ २०७६, १६ : ०७
सुर्खेत । साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् ।
कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले राससलाई जानकारी दिए । ‘मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो’, प्रमुख खतिवडाले भने, ‘त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।’
उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’