डिग्रीधारीले अपनाएको परम्परागत पेसाबाट मनग्य आर्जन

जनकपुर । धेरै पढेर डाक्टर, ईन्जीनियर र हाकिम बन्नुपर्छ भनेर गाउँघरदेखि शहर बजारसम्म अभिभावकले आफ्ना छोराछोरीलाई भन्ने गर्छन् ।
कतिपय शिक्षित भनिएकाहरु आफ्नो पुरानो पेशामा पर्कन चाहँदैनन् । तर यसबीचमा यस्ता युवा पनि छन्, जसले डिग्री गरेर पनि आफ्नो पेशालाई निरन्तरता दिएर मनग्य आयआर्जन गरिरहेका छन् ।
स्नातकोत्तर सम्म अध्ययन गरेका उत्तिमलाल पण्डितले पुर्ख्यौली पेसाको रुपमा रहेको मुर्तिकार पेसालाई नरन्तरता दिइरहेका छन् ।
सरस्वती पूजा नजिकिएसँगै उनलाई अचेल मुर्ति बनाउन भ्याइनभ्याइ छन् ।
आउँदो माघ १६ गते हिन्दुधर्मावलम्बीको विद्याकी देवी सरस्वती पूजाका लागि उत्तिमलाल विभिन्न कलात्मकरुपी मूर्ति बनाउन व्यस्त छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित रुपैठाका उनी रामसागर बहुमुखी क्याम्पस जनकपुरबाट समाजशास्त्रमा स्नातकोत्तर हुन् ।
उनले सन् २००३ देखि २०१६ सम्म लघु उद्यम विकास कार्यक्रम नामक प्रोजेक्टमा जिल्ला संयोजकको रुपमा समेत काम गरेका थिए ।
अचेल भने उत्तिमलाल बिहानै ७ बजेदेखि राति ९ बजेसम्म मूर्ति बनाउनमै व्यस्त रहन्छन् । आफ्नो दैनिकी अधिकांश समय करिब १५ घण्टासम्म मूर्ति बनाउनमै व्यस्त रहने गरेको उनले बताए ।
उत्तिमलाल बाध्यताले यो पेशामा आएका भने होइनन् । उच्च शिक्षा हासिल गरेका उनी पुख्र्यौैली पेशालाई अझै बढी परिस्कृत गर्नका लागि यो पेशामा लागेका हुन् ।
यो पेशा लोपोन्मुख हुने अवस्थामा रहेकाले यसलाई निरन्तरता दिन पनि आफू लागिपरेको उनको भनाइ छ ।
उनका अनुसार यो पेशाबाट एक सिजनमा लगभग चार लाख कमाइ हुन्छ भने वर्षमा करिब १० लाख जति कमाई हुन्छ ।
प्रति मूर्तिको मूल्य ४ हजार देखि ३५ हजार रुपैँयासम्म पर्ने उनको भनाइ छ ।
मिथिलाञ्चलमा मनाईने प्रायः चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ । जसमध्ये विशेष गरी दुर्गा पूजा , गणेश पूजा, विश्वकर्मा पूजा, ईन्द्र पूजा लगायतका चाडपर्वमा माटोले बनाईएका रंगबिरंगका कलात्मक मूर्ति प्रयोग गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले