बुद्ध एयरको नयाँ उडान राजविराजमा
![बुद्ध एयरको नयाँ उडान राजविराजमा](https://rpcdn.ratopati.com/media/albums/buddha_air_R34lvdhgLF.jpg)
काठमाडौं– बुद्ध एयरले प्रदेश २ को अर्को महत्वपूर्ण शहर राजविराजमा पनि उडान भर्ने भएको छ । बुद्धले यही माघ १८ गते शनिबारबार (फेब्रअरी १०)देखि दैनिक उडान भर्ने जनाएको छ।
उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० राखिएको छ । उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । यो उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरुलाई सुविधा पुग्ने विश्वास एयरलाइनले लिएको छ ।
दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरको विश्वास छ । उडान सुचारु भएसँगै पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको साथै आर्थिक वृद्धि हुनेछ । राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।
राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।
बुध्द एयरको वेवसाईट www.buddhaair.com र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउन्ट पनि पाईन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग