धनुषामा पत्रकार कुटपिट प्रकरण: मेयरविरुद्ध किटानी जाहेरी दिने निर्णय(अपडेट)
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि भएको दुव्र्यवहारका विरुद्ध नेपाल पत्रकार महासंघ धनुषाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने निर्णय गरेको छ । घटनाको दुई साता बित्दा पनि सम्बन्धित निकायले दोषीहरुलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अघि नबढाएको भन्दै पत्रकारहरुले जिप्रका धनुषामा किटानी जाहेरी दिने निर्णय गरेका हुन् ।
मेयर लालकिशोर साहको निर्देशनमा पत्रकारहरुमाथि भएको दुव्र्यवहारको घटनाप्रति प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सर्वदलीय वैठक बोलाई समस्या समाधानका लागि पहल समेत गरेका थिए । उनको रोहबरमा तत्काल सो समस्याको निराकरण गर्न राजनीतिक दल, पत्रकार महासंघ र जनकपुरधाम उपमहानगरबीच ९ बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन हुन नसकेको भन्दै पत्रकारहरुको संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
आज बसेको संघर्ष समितिको बैठकले आन्दोलनलाई निरन्तरता दिँदै माघ १० गते उपमहानगरपालिकाविरुद्ध किटानी जाहेरी दर्ता गराउने निर्णय गरेको छ । पत्रकारहरुले मंगलबार देखिनै रिपोर्टिङगको क्रममा हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।
बैठकले उपमहानगरपालिकाले सिसिटिभीको भिडियो फुटेज लगायतका प्रमाण मेटाउने काम गरेको आरोपसमेत लगाएको छ । त्यस्तै महिलाहरुलाई प्रयोग गरी समाजिक सञ्जाल लगायतका विभिन्न माध्यमबाट पत्रकारहरुलाई बदनाम गराउन खोजिएको भन्दै साईबर क्राइमको मुद्दा लगाउने निर्णय गरेको संघर्ष समितिका संयोजक किरण कर्णले जानकारी दिए ।
पुस २२ गते जानकी मन्दिरको फुलबारीको जग्गा अतिक्रमण सम्बन्धी समाचार संकलनका लागि गएका पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीका अमरकान्त ठाकुर, एपिवन टिभीका विकास साह र शत्रुधन यादव, एबीसी टिभीका संवाददाता सुमित मिश्र र देशसञ्चारका राजा झा लगायतका पत्रकारहरुमाथि मेयर लालकिशोर साहले दुव्र्यवहार गरेका थिए । साहमाथि जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण गर्नका लागि ८५ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै