बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्कारपियो चढेर लुटपाटमा आएका लुटेरा समूहमध्ये एक जना पक्राउ

बुधबार, ०८ माघ २०७६, १५ : १५
बुधबार, ०८ माघ २०७६

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ का प्रदिप साहको घरमा लुटपाट गर्न खोज्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान करिव ६ बजे घरको बाहिरी गेट खोलेर निस्कन खोज्दा ६÷७ जनाको समूहमा आएका लुटेराहरु घरभित्र पसेर लुटपाट मच्चाउन थालेका थिए ।

तीमध्ये भारत, बिहारको मुधवनी जिल्ला, बाबुवरही थाना, बौसीग्राम पञ्चायतका २१ वर्षीय सन्तोष मण्डल धानुकलाई पक्राउ गरिएको हो । साह घरबाट बाहिर निस्कन खोज्ने बित्तिकै सबै लुटेराहरु घरभित्र पस्दै कोही कुटपिट गर्ने र कोही घरभित्र पसेर दराजहरु खोल्न थालेका थिए ।

साहका परिवारले हल्ला मच्चाएपछि स्थानीय जम्मा भएका थिए । गाउँलेहरु आउन थालेपछि केही लुटेरा स्कारपियो चढेर भागेका थिए । भाग्ने क्रममा एक जनालाई प्रदिप साहले स्थानीयको सहयोगमा नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

लुटेराको आक्रमणबाट साहको शरीरमा चोट लागेको छ । घटनाको जानकारी पाउनासाथ पुगेको प्रहरीले घटनामा संलग्न एक लुटेरालाई नियन्त्रणमा लिइएको जनाएको छ । बाँकीको खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप