बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा राष्ट्रियसभा निर्वाचन: सचेत भई मताधिकार प्रयोग गर्न आग्रह

बुधबार, ०८ माघ २०७६, १५ : १०
बुधबार, ०८ माघ २०७६

पर्सा । बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गरे ।
जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत रञ्जीता झाले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले निर्वाचन निष्पक्ष, स्वच्छ हुनुपर्नेमा जोड दिए । प्रदेश नं– २ का आठ जिल्लामा १०७ प्रदेश सभासदस्य र २७२ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी ३७९ मतदाता रहेका छन् ।

प्रदेश नं– २ मा जम्मा मतभार १० हजार ३२ रहेका छ । प्रदेशसभा सदस्यको मतभार पाँच हजार १३६ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुखको मतभार चार हजार ८९६ रहेको छ । बिहान १०ः०० बजेदेखि मतदान शुरु भई अपराह्न ४ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने सो मतदानका लागि प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायणनिधि सांस्कृतिक केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेश सभासदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको बताइएको छ । 

सो निर्वाचनमा महिलातर्फ एक पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीका तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काङ्ग्रेसका तर्फबाट नगिना यादवको उम्मेदवारी परेको छ । यसैगरी दलित सभामुखबाट एक पदका लागि नेकपाका तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीका तर्फबाट रामपृत पासवानबीच प्रतिस्पर्धा हुने भएको छ । 

यसैगरी अल्पसङ्ख्यक समूहबाट एक पदका लागि नेपाली काङ्गे्रसबाट भोला पञ्जीयार र राजपाबाट शेखरकुमार सिंहबीच प्रतिस्पर्धा हुनेछ । अन्य समूहअन्तर्गत एक पदका लागि समाजवाटी पार्टीबाट अनिरुद्धकुमार सिंह र राजपाका तर्फबाट मृगेन्दकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप