प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष एगमोन यानिभले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको संयोजनमा तेलअभिभमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान, कृतिगत अनुवाद र साहित्यिक भ्रमणको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।
ताराको ‘सहारा’
मोरङ, बेलबारी नगरपालिकाका उपप्रमुख तारा पराजुलीको प्रेमपरक गीति एल्बम ‘सहारा सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द पराजुलीकै तथा सङ्गीत भीम बिसीको छ । बिसी र सरु गौतमले गीतमा स्वर भरेका छन् ।
भिडियोमा दीपक एम सिंहको निर्देशन र पुष्कर सुनुवारको सङ्गीत संयोजन छ । छायाङ्कन दीपक गिरी र सम्पादन अमृत चापागाईँले गरेका छन् । भिडियोमा दिनेश कठायत र रजिना बिष्टको अभिनय छ । यसअघि गीतकार पराजुलीकोे ‘अर्को राजमार्ग’ कविताकृति प्रकाशन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने