केन्द्रीय संस्करण

आफ्ना खुट्टाहरू हेरौं अनि धरातल पहिचान गरौं

एमसीसी सम्झौतामार्फत् नेपाल छिर्ने अमेरिकाको सहजै वहिर्गमन होला तर इतिहास भन्छ, यो आफैमा सकसपूर्ण छ

personaccess_timeJan 22, 2020 chat_bubble_outline3

 

“सवाल यो होइन कि तिमी कत्तिको सानो छौ । सवाल त यही नै हो कि सानै भए पनि आस्था, प्रतिबद्धता र कार्ययोजनाको शक्ति तिमीमा कत्तिको मात्रामा छ ।”

माथिका भनाइहरू ६० वर्षअघि अमेरिकाको एउटा अखबारलाई क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोले दिएको अन्तरवार्ताको हो । क्यास्ट्रोको बारेमा मान्छेहरूका आफ्ना बिमतिहरू हुन सक्छन् किन्तु स्वाभिमान र देशभक्तिपूर्ण उनका अडानका अगाडि विरोधीहरू समेत नतमस्तक देखिन्छन् ।

अमेरिकाको हज्जारौं हज्जार कोशिसका बाबजुद अमेरिकाको नाकैमुनि सग्लो भएर बाँच्न सक्ने क्युबा धेरै अर्थमा अर्थपूर्ण छ तर हाम्रो देश अमेरिकाभन्दा धेरै टाढा  छ । दासता र आत्मसमर्पणको मामिलामा भने हामी क्युबाभन्दा अमेरिकासँग निकै नजिक हुने दौडमा छौं । यही हाम्रो दुर्गतिको नयाँ खेल बन्ने वाला छ ।

नेपालमा यतिबेला एमसीसी बहस चर्को बन्दैछ । यसभित्रको सघनताका बारेमा बहस नित्तान्त आवश्यक छ । आखिर यो के हो ? र यसले वर्तमान र भविष्यमा पार्ने सकारात्मक र नकारात्मक प्रभावहरू के कस्ता हुनेछन् भन्ने बारेमा सार्थक छलफल र निष्कर्षको माग गर्दछ । देश कुनै व्यक्तिविशेषको सनकका भरमा अगाडि जानु हुँदैन । होशियार हुन सकिएन भने यो इन्डो प्यासिफिक रणनीतिले नेपाललाई अफगानिस्तान, इराक या सिरिया बनाउन सक्छ ।  

एमसीसी सम्झौता नेपालको कानूनभन्दा माथि हुने प्रावधान नै घातक छ । रणनीति भनेकै पर्दापछाडिको खेल हो । एमसीसी सम्झौतामार्फत् नेपाल छिर्ने अमेरिकाको सहजै वहिर्गमन होला तर इतिहास भन्छ, यो आफैमा सकसपूर्ण छ । भर्खरै ट्रम्पले भनेका छन् “इरानमा हाम्रो धेरै लगानी छ फर्केर जान मिल्दैन ।” भोलि नेपालको सन्दर्भमा यही कुरा भने त्यसको जिम्मेवारी कसले लिने ?

देश निर्माण र समृद्धिका नाममा इतिहासको कटुसत्यबाट भाग्न नखोजौं । आफ्ना खुट्टाहरू हेरौं, अनि धरातल पहिचान गरौं, अवश्य शिखरमा पुगिनेछ अन्यथा भासिनेछौं र पछुताउनुबाहेक केही बाँकी रहनेछैन । आफ्नो वास्तविक अवस्थितिमा कठोर मेहनतका साथ श्रृजना गरिएको समृद्धिले नै देशको स्वाभिमान र सम्प्रभुसत्ता जीवन्त राख्न सक्छ ।

एकातिर एमसीसी इन्डोप्यासिफिक रणनीतिको भाग होइन भनेर सरकारका परराष्ट्र मन्त्रीको बयान आएको छ भने अर्कोतर्फ अमेरिकाकै विदेश मन्त्रालयका बहालवाला सहायक विदेशमन्त्री तथा पूर्व विदेशमन्त्री डेभिड जेरार्ड यसलाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत नै हो भनिरहेका छन् । यसको अन्तिम ब्याख्याता अमेरिका भएको हुनाले यसमा सबैभन्दा पहिले प्रष्ट हुन जरूरी छ ।

हरेक देशले आफ्नो राष्ट्रिय स्वार्थलाई नै प्रमुखता दिने कुरा स्वभाविक छ र हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक सुझबुझ अपनाउनुपर्दछ । आजको विश्वमा कुटनीतिक सफलता या असफलतासँग देशको भविष्य गम्भीर रूपमा जोडिन पुग्दछ ।

***

देश र जनतालाई केन्द्रमा राखेर नीति, नियम बनाऊ र त्यहीँ अनुरूप कर्म गर । दुई विशाल देशहरूका बीचमा अवस्थित हामीहरू अवसर र जोखिम दुवैको दोसाँधमा छौं । विशाल देशका आन्तरिक मामिलाहरूमा चोट पुग्नेगरी कुनै पनि कदम चाल्नु स्वयम् हाम्रा लागि आत्मघाती सावित हुन सक्छ ।

***

विदेशी सहयोग र सद्भाव लिन सक्नुपर्दछ । देशमा लगानीको तीव्रताको खाँचो छ । वर्तमान विश्वमा हामी आर्थिक रूपमा निकै कमजोर छौं यसका आन्तरिक र बाह्य दुवै कारणहरू छन् । हामी आन्तरिक रूपमा एक हुन सक्नुपर्दछ र आफ्नो वास्तविक धरातलबाट कर्ममा जुट्न सक्नुपर्दछ । देश र जनतालाई केन्द्रमा राखेर नीति, नियम बनाऊ र त्यहीँ अनुरूप कर्म गर । दुई विशाल देशहरूका बीचमा अवस्थित हामीहरू अवसर र जोखिम दुवैको दोसाँधमा छौं । विशाल देशका आन्तरिक मामिलाहरूमा चोट पुग्नेगरी कुनै पनि कदम चाल्नु स्वयम् हाम्रा लागि आत्मघाती सावित हुन सक्छ ।

एमसीसीमा प्रवेश गर्नुअघि इरान, इराक, अफगानिस्तान, चिली लगायतका देशको इतिहास र वर्तमानको अध्ययन गर्नु सान्दर्भिक हुन्छ सँगसँगै  विन लादेन , सद्दाम हुसैन, सोमोजा, बाटिस्टा या सुहार्तो जस्ता अन्तर्राष्ट्रिय व्यक्तिहरूको उत्थान र पतनको बारेमा जानकारी लिनु वाञ्छनीय हुन्छ । डलरका लागि देशको स्वाभिमान बेच्ने कठपुतलीहरू अन्ततः आफ्नै मालिकहरूबाट मारिएका छन् ।

युवराज संग्रौला, भीम रावल लगायतका व्यक्तिहरू यो इन्डोप्यासिफिक रणनीति अन्तर्गत नै आएको हो भन्नेमा छन्, यो दीर्घकालीन रूपमा नेपालको हितमा छैन भनेर बहस गरिरहेका छन्  । सरकार यसको विपक्षमा देखिन्छ, अब यहाँनेर हेक्का राख्न के जरूरी छ भने राष्ट्र र जनतालाई कसले ढाँटिरहेको छ । के हामी ढाँटहरूको देशमा छौं ?

***

सबैभन्दा डरलाग्दो हो द्वैधचरित्र । यो चरित्रका मान्छेहरूसँग लड्न निकै कठिन हुन्छ । जब राजनीतिक नेतृत्वमा यस्ता मान्छेहरूको उपस्थित मजबुत बन्दछ तब राजनीति राजनीति नभएर लाजनीति बन्दछ । बौद्धिकता, प्रतिबद्धता र सरलतालाई त्यहाँ मजाक बनाइन्छ । विश्वास गर्नु पनि कसरी र विश्वास नगर्नु पनि कसरी नेताहरू त बग्रेल्ती छन् तर देशमा नेतृत्वको संकट छ ।

***

सबैभन्दा डरलाग्दो हो द्वैधचरित्र । यो चरित्रका मान्छेहरूसँग लड्न निकै कठिन हुन्छ । जब राजनीतिक नेतृत्वमा यस्ता मान्छेहरूको उपस्थित मजबुत बन्दछ तब राजनीति राजनीति नभएर लाजनीति बन्दछ । बौद्धिकता, प्रतिबद्धता र सरलतालाई त्यहाँ मजाक बनाइन्छ । विश्वास गर्नु पनि कसरी र विश्वास नगर्नु पनि कसरी नेताहरू त बग्रेल्ती छन् तर देशमा नेतृत्वको संकट छ ।

महाकाली सन्धिका वफादारहरू आज राष्ट्रवादको ढोंग रच्दैछन् । १ खर्ब २० अर्बको ललिपप, पार्टी विभाजन, भारत विरूद्धको सुरूङयुद्ध, दरबार हत्याकाण्ड गणतन्त्रको वयलगाडा, बीसौं हज्जारको वलिदान, देशका भ्रष्टहरूको खुलामञ्चबाट घोषणा, दासढुंगा हत्याकाण्ड, अमर लामाको हत्या, दरबार हत्याकाण्ड निर्दोष जनताको सफाया यस्ता कैयौं उदाहरणहरू छन् जसले नेतृत्वको ढाँट र पाखण्डीपनलाई उजागर गर्दछ । आज हामी यिनै ढाँट र पाखण्डीहरूलाई झेल्न अभिशप्त छौं ।

नेपालका प्रमुख राजनीतिक दलका नेताहरू ढाँटहरूको प्राइभेट कम्पनीमा काम गर्ने कामदारहरू जस्ता देखिन्छन् । जनतालाई सम्पूर्ण रूपमा खुलस्त बताउने गरेको पाइदैन । हरेक सम्झौता पछाडिका खेलहरू केवल रहस्यमय र सत्ता स्वार्थका खेलहरूमा मात्र केन्द्रित देखिन्छन् । एउटा तीतो सत्य के हो भने नेतृत्वलाई जनताप्रतिको विश्वास पटक्कै छैन यदि विश्वास हुन्थ्यो भने जनतालाई सत्य बताउने आँट हुन्थ्यो ।

जनताको बीचमा जाने, उनीहरूसँग बस्ने, उनीहरुलाई माया गर्ने, उनीहरूबाट सिक्ने उनीहरूसँग जे छ त्यसबाट निर्माण शुरू गर्ने । यो एउटा असल राजनीतिज्ञले गर्नैपर्ने पहिलो काम हो जसले नेतृत्व र जनताको बीचको सम्बन्ध नङ र मासुको जस्तो बनाउँछ । नेतृत्व र जनता बीचको सम्बन्ध गहिरो हुन नेतृत्व इमान्दार बन्नुपर्दछ ।

काठमाडौंको मुटुमा बागमती नदी होइन राष्ट्रघातीहरूको धारा बगिरहेको छ । देशभित्र विश्वासघाती र पार्टीहरूभित्र अन्तरघातीहरू जन्मिएका छन् ।

***

अमेरिका र भारतको समान स्वार्थ चीन र नेपाल बीच भएका सम्झौताहरू कार्यान्वयनको तहमा नजाउन् भन्ने छ । अमेरिका नेपालमा सम्पूर्ण रूपमा छिर्न चाहन्छ चाहे त्यो एमसीसी होस् या अरू कुनै माध्यममार्फत् । अमेरिकाको विदेशनीति निकै खतरनाक छ सियो भएर छिर्ने र हात्ती भएर बबण्डर मच्चाउने ।

***

अमेरिका र भारतको समान स्वार्थ चीन र नेपाल बीच भएका सम्झौताहरू कार्यान्वयनको तहमा नजाउन् भन्ने छ । अमेरिका नेपालमा सम्पूर्ण रूपमा छिर्न चाहन्छ चाहे त्यो एमसीसी होस् या अरू कुनै माध्यममार्फत् । अमेरिकाको विदेशनीति निकै खतरनाक छ सियो भएर छिर्ने र हात्ती भएर बबण्डर मच्चाउने ।

अमेरिकी विदेशमन्त्री तथा खुफिया संस्थाहरूले एमसीसी इन्डोप्यासिफिकको अंग बताइरहेका छन् । यतिसम्म पनि बुझ्न नसक्नेहरूलाई के भन्ने शिखण्डी, पाखण्डी या नकचरा । अमेरिका र भारत एउटा तिरले दुईटा शिकार गर्न चाहन्छ १) चीन र नेपाल बीचको सम्बन्धमा दरार २) नामधारी कम्युनिस्टको विभाजन । कथम्कदाचित एमसीसी पास भएमा पार्टी विभाजित हुनेछ र जनमतमा तीव्र गिरावट आउनेछ ।

लाग्छ कोही केनेडीको विर्यबाट जन्मिएका छन् कोही बिड्रो विल्सन, निक्सन, रेगन, कार्टर, बुसको वीर्यबाट । ट्रम्प र मोदीको वीर्यबाट जन्मिएका छाउराहरूलाई सायद नेपालमा रेविज लागेको छ । मध्यरातमा महाकाली पास भए जस्तै एमसीसी पास हुन सक्छ । सबैभन्दा पहिले चीनसँग भएका सम्झौताहरू इमान्दारीपूर्वक लागू गर । एमसीसी सम्झौताले चीन र नेपाल बीच विश्वासको संकट उत्पन्न गर्नेछ । अमेरिका यही चाहन्छ र यो देशको निम्ति घातक हुनेछ ।

यस धर्तीमा अनेकन चोरहरू छन् जो अन्य राष्ट्रको सम्प्रभूतालाई कुल्चिने गर्दछन् तर आज आफ्नै पार्टी र देशमा ती चोरहरूका छिटाहरू सलबलाएका छन् । अमेरिकी ‘महाप्रभू’  ‘युरोपियन छोटेप्रभू’ तथा भारतीय कठपुतलीका लठैत अन्तरघाती र विश्वासघातीहरूलाई डलरको र्याल काड्नु परेको छ एमसीसीमार्फत् ।

***

यस धर्तीमा अनेकन चोरहरू छन् जो अन्य राष्ट्रको सम्प्रभूतालाई कुल्चिने गर्दछन् तर आज आफ्नै पार्टी र देशमा ती चोरहरूका छिटाहरू सलबलाएका छन् । अमेरिकी ‘महाप्रभू’  ‘युरोपियन छोटेप्रभू’ तथा भारतीय कठपुतलीका लठैत अन्तरघाती र विश्वासघातीहरूलाई डलरको र्याल काड्नु परेको छ एमसीसीमार्फत् ।

***

करोडौंको आँखाबाट बगेको आँसुको सागर हो देश नहुनुको अर्थ । विछोडमा छट्पटाएका मुटुहरू हुनु हो देश नहुनुको अर्थ । अति पीडामा छट्पटिएका हातहरु हुनु हो देश नहुनुको अर्थ । अनागरिक हुनु हो देश नहुनुको अर्थ ।

निकारागुवाको घृणित युद्ध अनि हज्जारौंको ज्यान कसले लिएको थियो ?  चिलीमा कत्लेआम अनि पिनोसेलाई धाप कसले मारेको थियो ? अर्जेन्टिनामा ३० हजार ब्यक्तिहरूलाई कसको इसारामा गायब पारिएको थियो ? पेरू, कोलम्बिया, बोलिभिया अर्थात् सिंगो ल्याटिन अमेरिकी महादेशमा लाखौं जनताको नरसंहारका लागि हतियार र निर्देशन कसले दिएको थियो ?

भियतनाम, कम्बोडिया र पूर्वी  टिमोर, इराक, अफगानिस्तान अनि इन्डोनएशियामा निर्दोश जनतालाई कसले कसको इशारामा बम र बारुदले उडाएको थियो ? विश्वका कैयौं भागहरूमा निषेधित हतियार (Depleted Uranium Ammunition -DUA) अर्थात् यूरेनियमयुक्त हतियारहरु प्रयोग कसको इशारामा भैरहेको छ उत्तर सफाचट छ–  अमेरिका र त्यसका पिछलग्गू सैन्य संगठन नेटो (NATO) ।

यस्ता हज्जारौं उदाहरणहरु छन् जसले अमेरिकाको विदेशनीतिको वास्तविक चेहरा विश्व जनमत समक्ष देखिएको छ । अमेरिका आफ्नो देशको लागि लोकतान्त्रिक होला परन्तु त्यसको विदेशनीति भने गोमन सर्पभन्दा खतरनाक छ र त्यसैले अमेरिकासँग सहयोग लिनुभन्दा अगाडि हज्जारपटक सोच्नु बुद्धिमानी हुनेछ । आफ्ना खुट्टाहरू हेरौं अनि धरातल पहिचान गरौं ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 27, 2020, 5:38 p.m. Ragis Paudel
    100 % true.
  2.  0 Reply
  3. Jan. 26, 2020, 3:29 p.m. SHOVIT
    The Millennium Challenge Corporation (MCC) is an independent U.S. foreign assistance agency that has the goal of reducing poverty in developing countries through supporting economic growth. Since its creation in 2004, MCC has supported development programs in 43 low- and lower-middle-income countries. so It is good organization for developing Nepal and Nepalese people. We should not deny it. If someone want to stand and help on you, he will give you something as a gift do you not accept it? -It's my opinion...
  4.  0 Reply
  5. Jan. 26, 2020, 12:57 p.m. SHOVIT
    The Millennium Challenge Corporation (MCC) is an independent U.S. foreign assistance agency that has the goal of reducing poverty in developing countries through supporting economic growth. Since its creation in 2004, MCC has supported development programs in 43 low- and lower-middle-income countries. so It is good organization for developing Nepal and Nepalese people. We should not deny it. If someone want to stand and help on you, he will give you something as a gift do you not accept it? -It's my opinion...
  6.  1 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...