मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै

झापा । झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले बताए ।
पार्कको निर्माण मङ्गल सेवा समिति भद्रपुरले गर्ने भएको छ । समितिका अध्यक्ष गोपालदास खनालका अनुसार समिति र क्याम्पसबीच पार्क निर्माणका विषयमा सम्झौता भइसकेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले गत मङ्सिर २७ गते पार्कको विधिवत् शिलान्यास गरेका थिए ।
मानवीय सेवामा समर्पित मङ्गल सेवा समितिले यसअघि चन्द्रगढी विमानस्थलमा लाखौँको खर्चमा मङ्गल बाटिका निर्माण गरेको थियो । मेची क्याम्पसको सौन्दर्य र महत्व बढाउने गरी बौद्धिक पार्क निर्माणमा समिति जुटिसकेको खनालले बताए । उनका अनुसार पार्कको प्रारम्भिक लागत रु ३० लाख लाग्ने अनुमान गरिएको छ ।
सम्झौतामा एक वर्षभित्र पार्कको निर्माण सकेर क्याम्पसलाई हस्तान्तरण गरिने उनले बताए । निर्माणाधीन पार्क गुणस्तरीयताका लागि क्याम्पस प्रमुख गुरागाई, सम्बन्धित वडाका वडाध्यक्ष र संस्थाको तर्फबाट एक गरी तीन जनाको अनुगमन समिति बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालयौन दुरुपयोगको कसुरमा एक जना शिक्षक पक्राउ
-
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी अपचलन गर्नेलाई कारबाहीको माग
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू