मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै
झापा । झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले बताए ।
पार्कको निर्माण मङ्गल सेवा समिति भद्रपुरले गर्ने भएको छ । समितिका अध्यक्ष गोपालदास खनालका अनुसार समिति र क्याम्पसबीच पार्क निर्माणका विषयमा सम्झौता भइसकेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले गत मङ्सिर २७ गते पार्कको विधिवत् शिलान्यास गरेका थिए ।
मानवीय सेवामा समर्पित मङ्गल सेवा समितिले यसअघि चन्द्रगढी विमानस्थलमा लाखौँको खर्चमा मङ्गल बाटिका निर्माण गरेको थियो । मेची क्याम्पसको सौन्दर्य र महत्व बढाउने गरी बौद्धिक पार्क निर्माणमा समिति जुटिसकेको खनालले बताए । उनका अनुसार पार्कको प्रारम्भिक लागत रु ३० लाख लाग्ने अनुमान गरिएको छ ।
सम्झौतामा एक वर्षभित्र पार्कको निर्माण सकेर क्याम्पसलाई हस्तान्तरण गरिने उनले बताए । निर्माणाधीन पार्क गुणस्तरीयताका लागि क्याम्पस प्रमुख गुरागाई, सम्बन्धित वडाका वडाध्यक्ष र संस्थाको तर्फबाट एक गरी तीन जनाको अनुगमन समिति बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण