शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

बुधबार, ०८ माघ २०७६, १२ : २३
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार रु १५ ले घटेर चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप