शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट दुई नेपाली किशोरीको उद्धार, मानव तस्कर पक्राउ

बुधबार, ०८ माघ २०७६, ११ : ५६
बुधबार, ०८ माघ २०७६

काठमाडौं । भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ ।

नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो । भारतीय संचारमाध्यमका अनुसार उनीहरुलाई भारत हुँदै खाडी मुलुक पठाउने धन्दामा संलग्न तस्करलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्ने पुरुष सल्यानकै लोकेन्द्र खत्री रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतीय अखबार दैनिक जागरणका अनुसार रोजगारीको प्रलोभन देखाएर सल्यानका दुई किशोरीलाई मानव तस्करले भारतको अहमदावाद लैजाने क्रममा नियन्त्रणमा लिइएको हो । उनीहरुलाई खाडी मुलुक पठाउने भन्दै भारततर्फ लगिएको बताइन्छ ।

उद्धार गरिएका दुई किशोरीमध्ये एउटी १४ वर्ष र अर्की १७ वर्ष उमेरका छन् ।

उनीहरुलाई मानव बेचविखनविरुद्ध क्रियाशील सामाजिक संस्था ‘शक्ति समूह’को जिम्मा लगाइएको बताइएको छ ।

स्रोत : https://www.jagran.com/uttar-pradesh/bahraich-nepali-girls-recover-19959403.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप