शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मच्छिन्द्र र पुलिसको भिडन्त आज

बुधबार, ०८ माघ २०७६, १० : ३०
बुधबार, ०८ माघ २०७६

काठमाडौँ । गणितीय समीकरणमा रोमाञ्चक बन्दै गएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेलहरु आज (बुधबार) देखि सुरु हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ः०० हुने आठौं चरणको एकमात्र पहिलो खेलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब भिड्दैछन् ।

यसअघि शीर्ष स्थान कब्जा गर्दै आएको मच्छिन्द्र सातौँ चरणमा पुगेर दोस्रो स्थानमा झरेको थियो । त्यसैले मच्छिन्द्र पुलिसलाई हराउँदै उपाधि होड बलियो बनाउने दाउमा छ । पुलिस पनि मच्छिन्द्रलाई रोक्दै अङ्क तालिकामा सुधार गर्ने लक्ष्यमा छ । मच्छिन्द्रलाई अहिले स्टार खेलाडीको साथ छ । यसअघि मनाङबाट खेलिरहेका स्टार खेलाडीलाई टोलीमा समावेश गरेको मच्छिन्द्रमा विदेशी खेलाडी पनि राम्रो लयमा देखिएका छन् ।

यता, पुराना र नयाँ खेलाडीको समिश्रण रहेको पुलिसको प्रदर्शन विगतको भन्दा खस्किएको छ । तरपनि अनुभवी पुलिसलाई पन्छाउन सक्नु मच्छिन्द्रका लागि ठूलो चुनौती हुनेछ । उपाधि दावेदार मच्छिन्द्रले यसअघि सात खेलबाट १३ अङ्क बनाएको छ । ११ अङ्क बनाएको पुलिस छैटौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको १६ अङ्क छ ।

तेस्रो स्थानमा रहेको मनाङको पनि १३ अङ्क छ । चौथो र पाँचौं स्थानमा रहेको एनआरटी र थ्रीस्टारको समान ११ अङ्क छ । यता रेलिगेसनमा रहेको सरस्वतीसँगै रेलिगेसन जोगाउन प्रयत्न गरिरहेको विभायीग टोली एपीएफ र च्यासलको खेलले पनि आठौँ चरणलाई थप रोचक बनाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप