भ्यालेनटाइन्स डे मा हुनु थियो छोरा छोरीको विवाह, त्यसअघि नै सम्धीनीलाई लिएर भागे सम्धी
भनिन्छ प्रेम अन्धो हुन्छ । यसले जात, धर्म, जाती, उमेर, समाज केही पनि हेर्दैन । यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ । भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ । छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो कदमपछि छोरा–छोरीको विवाह टुटेको छ ।
यो घटना सोसल मिडिया र भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । दुबै परिवारको तर्फबाट पुलिस थानामा हराएको रिपोर्ट दर्ता भएको छ ।
एक निर्माण व्यवसायी राजनीतिक पार्टीकी कार्यकर्तासँग जनवरी १० तारिखमा भागेको भारतीय संचार माध्यम भास्करले बताएको छ । अहिलेसम्म उनीहरुबारे केही जानकारी पत्ता लागेको छैन । यसले दुई परिवारको चिन्ता बढाएको उल्लेख गरिएको छ । निर्माण व्यवसायीको ती महिलासँग विवाह अघि नै प्रेम सम्बन्ध रहेको र विशेष कारणवश उनीहरुले भिन्न व्यक्तिसँग विवाह गरेको बताइन्छ ।
विवाहपछि पनि उनीहरुबीचको प्रेम सम्बन्ध कायम रहेको र यसलाई थप प्रगाढ बनाउनका लागि यी दुईले आफ्नो छोरा छोरीको पनि विवाह गर्ने निर्णय लिएको स्रोतले उल्लेख गरेको छ । छोराछोरीको भ्यालेन्टाइन्स डेमा विवाह हुने निश्चित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
-
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध