प्रधानमन्त्रीलाई काँग्रेस सभापतिको दुखेसो – म त बर्वाद भएँ नि यार !
काठमाडौँ । शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुखेसो थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार !’
प्रमले ‘के भयो ?’ भनी सोध्न खोज्दा खोज्दै देउवाले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन् । पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन् । पार्टी नै छैन जस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ । मचाहिँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु । तपाईंहरुचाहिँ मलाई पेल्नुहुन्छ ।’
उनले, ‘म त बर्बाद भइसकेँ यार...’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रधानमन्त्री ओलीले उदारता देखाएका छन् ।
नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षत्रले प्रतिपक्षलाई यति ठूलो सरप्राइज सायदै दियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिए । अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबन्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका काँग्रेस नेताहरु आ–आफ्नो सिफारिस गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना