शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के अमित शाह मोदी शासनका लागि ‘भार’ हुन थालेका हुन् ?

बुधबार, ०८ माघ २०७६, ०७ : ३१
बुधबार, ०८ माघ २०७६

नजिकिदैँ गरेको दिल्ली विधानसभा चुनावले भारतका केन्द्रीय गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको शासनमा कहाँ उभिएका छन् भन्ने कुराको सङ्केत गर्नेछ ।

यदी उनी चुनावी प्रचारको पोस्टरमा प्रधानमन्त्री नरेन्द्र मोदी र नव–निर्वाचित पार्टी अध्यक्ष जेपी नन्दासँगै देखिए भने उनी सरकारमा दोस्रो वरियतामा कायम रहेको संकेत हुनेछ । तर, चुनावी पोस्टरमा अमित शाह अटाएनन् भने पनि त्यो उनको लागि राम्रो मानिनेछैन ।

धेरै अघिको कुरा पनि होइन, अमित शाहको परिचय कुनै पनि गल्ती नगर्ने नेताको थियो । चुनावी विज्ञ तथा आलोचकलाई गलत साबित गर्दै उनले नरेन्द्र मोदी वा उनका गुरु वा उनकै भाषामा ‘साहेब’को लागि कठिन भन्दा कठिन निर्वाचन जिताए ।

तर पछिल्लो समय भने गृहमन्त्री अमित शाह नरेन्द्र मोदीको छविमै असर पु¥याउन जिम्मेवार देखिन थालेका छन् । भारतीय संविधानमाथि शाहको ‘ताण्डव’ले होसियारीपूर्वक निर्माण भएको मोदीको छविमै आघात पु-याएको छ ।


उनको छुच्चो र अहङ्कारी भाषाका कारण भाजपाले महाराष्ट्रमा हातमा आइसकेको सत्ता गुमायो । शाहले लामो समयदेखिको सत्ता सहकर्मी शिव सेनाबारेमा भनेका थिए, ‘हामीले एउटा मुसालाई बाघ बनाइदियौँ । र, अहिले त्यही बाघ हामीलाई डराउन खोजिरहेको छ । हामीले मुसालाई उसको सही स्थान देखाइदिनुपर्छ ।’


चुनावी मैदानमा पनि उनी कमजोर देखिन थालेका छन् । पछिल्लो समय मध्य–प्रदेश, छत्तिसगढ, राजस्थान, महाराष्ट्र र झारखण्ड राज्यमा पार्टीले राज्य सरकार गुमायो । ती निर्वाचनको नेतृत्व अमित शाहले गरेका थिए । शाहलाई हरियाणमा भाजपाको गठबन्धन सरकार बनाउन हम्मेहम्मे परेको थियो ।

उनको छुच्चो र अहङ्कारी भाषाका कारण भाजपाले महाराष्ट्रमा हातमा आइसकेको सत्ता गुमायो । शाहले लामो समयदेखिको सत्ता सहकर्मी शिव सेनाबारेमा भनेका थिए, ‘हामीले एउटा मुसालाई बाघ बनाइदियौँ । र, अहिले त्यही बाघ हामीलाई डराउन खोजिरहेको छ । हामीले मुसालाई उसको सही स्थान देखाइदिनुपर्छ ।’

तर अन्तिममा सोही ‘मुसा’ले असम्भव काम गरेर देखाइदियो । तिनले वैचारिक शत्रुसँग हात मिलाएर सरकार बनायो । भाजपा स्तब्ध भयो ।

अघिल्लो वर्ष सेप्टेम्बरमा, गृहमन्त्रीले भारतलाई एकताको सुत्रमा बाँध्न हिन्दीलाई राष्ट्रिय भाषा बनाउनु पर्ने बताए । ‘एक देश, एक भाषा’नारामा शाहले केन्द्र सरकारको ‘तीन भाषा सुत्र’लाई ‘दुई भाषा सुत्र’ बदल्न खोजेका थिए । नयाँ व्यवस्था लागु भएको अवस्थामा भारतभर हिन्दी शिक्षण अनिवार्य हुनेथियो ।


त्यसपछि गृहमन्त्री शाहले नागरिकता संशोधन विधेयकमार्फत देशमा आगो झोसेका छन् । नागरिकता संशोधन विधेयकपछि नेसनल सिटिजन रेजिस्टर(एनसीआर)लाई कार्यन्वय ल्याइने शाहको टिप्पणी छ । धेरै मानिस एनसीआरबाट पहिले आतङ्कित भइसकेको छन् । यी सबबीच उता मोदीको लोकप्रियता र स्वीकार्यता घटिरहेको छ ।


दक्षिणी भारतीय राज्य र विपक्षी यो विषयमा विरोधमा उत्रिए । गृहमन्त्री र केन्द्र सरकार हिन्दी लाद्ने निर्णयबाट पछि हट्यो ।

क्षति न्युनिकरण गर्नको लागि प्रधानमन्त्री मोदीले चेन्नईको सम्बाधनमा केही तमिल पदावली उच्चारण गर्नुपर्यो । त्यस्तै अमेरिकाको ह्युस्टनमा भएको ‘हाउडी मोदी’कार्यक्रमामा पनि उनले ‘सबै ठीक छ’ लाई आठ वटा भारतीय भाषामा भन्दा तमिल पनि प्रयोग गरेका थिए ।

गृहमन्त्री शाहको असफलता जम्मू कश्मीरमा पनि देखियो । उनले आतकङ्वादी आक्रमण हुने डर देखाएर अमरनाथ यात्राको क्रममा बीचमा पुगिसकेकाहरुको तिर्थाटन रोकिदिएका थिए । उनीहरुलाई रातारात कश्मीर उपत्यकाबाट फिर्ता गरिएको थियो । 

यो कदमले उत्पन्न गराएको स्तब्धतामाझ जम्मु कश्मीरको विशेष संवैधानिक हैसियत उल्टाउने धरातल तयार पा-यो । र, केन्द्र सरकारले राज्यलाई दुई वटा भागमा टुक्राएर युनियन टेरिटोरीको हैसियतमा पु-यायो । 


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यी कदमलाई फासीवादी एजेण्डा भन्दै अन्तर्राष्ट्रियकरण गर्न कुनै कसर बाँकी राखेनन् । पछिल्लो पाँच वर्षमा प्रधानमन्त्री मोदीको राजनेता तथा आर्थिक विकासका अग्रदुतको जुन अन्तर्राष्ट्रिय छवि निर्माण भएको थियो, त्यो अचानक धरासायी भयो ।


गृहमन्त्रीका रुपमा शाहले शान्तिपूर्ण रुपले भेला हुने लोकतान्त्रिक अधिकारलाई रद्द गरे । उनले कश्मीरका प्रत्येक दश कश्मिरीको लागि एक सेना हुने गरी सेना पठाए ।

कश्मीरका राजनीनिक नेता, व्यवसायी, वकिल र समाजिक कार्यकर्ताको पक्राउसँगै मुलधारको राजनीतिक प्रक्रिया रोकियो । त्यहाँको टेलिफोन र इन्टरनेट सेवा पनि रद्द गरिएको छ ।

यी कदमका कारण मोदीको अन्तर्राष्ट्रिय मञ्चमा आलोचना भयो । अन्तर्राष्ट्रिय जगतमा प्रधानमन्त्री मोदीले धर्मनिरपेक्ष भारतलाई हिन्दु बहुसंख्यक राष्ट्रमा रुपान्तरण गर्न लागेको भनेर व्यापक विरोध हुन पुग्यो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यी कदमलाई फासीवादी एजेण्डा भन्दै अन्तर्राष्ट्रियकरण गर्न कुनै कसर बाँकी राखेनन् । पछिल्लो पाँच वर्षमा प्रधानमन्त्री मोदीको राजनेता तथा आर्थिक विकासका अग्रदुतको जुन अन्तर्राष्ट्रिय छवि निर्माण भएको थियो, त्यो अचानक धरासायी भयो ।

त्यसपछि गृहमन्त्री शाहले नागरिकता संशोधन विधेयकमार्फत देशमा आगो झोसेका छन् । नागरिकता संशोधन विधेयकपछि नेसनल सिटिजन रेजिस्टर(एनसीआर)लाई कार्यन्वय ल्याइने शाहको टिप्पणी छ । धेरै मानिस एनसीआरबाट पहिले आतङ्कित भइसकेको छन् । यी सबबीच उता मोदीको लोकप्रियता र स्वीकार्यता घटिरहेको छ ।

पाँच वर्षअघि भारतका निडर किशोरकिशारी मोदी सरकारविरुद्ध ‘फासीवादी’को नारा लगाउदै सडकमा ओर्लिएलान् भनेर कसैले सोचेका थिएनन् ।

भारतीय युवा अहिले संविधानको प्रस्तावना पढिरहेका छन् । ती राष्ट्रिय झण्डा बोकेर देशको नाममा नारा लगाइरहेका छन् ।

मोदीले कुनै समय तीन तलाकमा सम्बन्धविच्छेद हुने मुसलमान परम्परालाई अन्त्य गराउन कानुन ल्याउदा जो ‘मुसलमान दिदी–बैनी’को नाम लिएका थिए ती अहिले उनीविरुद्ध धर्ना बसिरहेका छन् । र तिनको समर्थनमा विभिन्न जातजाति, समुदाय र धर्मका मानिस अगाडि आएका छन् ।


तथापि यी मुद्दा हिन्दूत्वको मूल तत्त्व रहँदै आएका छन् जसप्रति मोदी स्वयम् प्रतिबद्ध छन् । यसका बावजुद मोदीले आफ्नो मूल विचारधारात्मक एजेण्डालाई परित्याग नगरी आफूलाई शाहबाट टाढा देखाएर आफ्नो छविलाई नविकरण गर्न सक्छ । यसका लागि पोर्टफोलियोमै बदलावको कदम पनि उठाउन सकिन्छ ।


यो गृहमन्त्रीको उनको गुरुको लागि नयाँ वर्षको उपहार रह्यो ।

केही अघिसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको घरेलु र अन्तर्राष्ट्रिय मञ्चमा उनको जुन स्थान थियो, त्यसलाई पुनः हासिल गर्ने हो भने उनले केही कदम चालिहाल्नुपर्छ । यसको लागि उनले जम्मु तथा कश्मीरमाथि लगाइएका प्रतिबन्धलाई फिर्ता लिने निर्णय लिनसक्नेछन् । त्यस्तै सरकारले नागरिकतालाई पुनःपरिभाषित गर्न लागेको प्रयासमा भएका गल्तीलाई सच्चाउनु पनि महत्त्वपूर्ण हुनसक्छ ।

तथापि यी मुद्दा हिन्दूत्वको मूल तत्त्व रहँदै आएका छन् जसप्रति मोदी स्वयम् प्रतिबद्ध छन् । यसका बावजुद मोदीले आफ्नो मूल विचारधारात्मक एजेण्डालाई परित्याग नगरी आफूलाई शाहबाट टाढा देखाएर आफ्नो छविलाई नविकरण गर्न सक्छ । यसका लागि पोर्टफोलियोमै बदलावको कदम पनि उठाउन सकिन्छ ।

अमित शाहलाई गृहमन्त्रीबाट विस्थापन गर्दा केही सार्वजनिक आक्रोशलाई मत्थर गराउनेछ र साथमा मोदीको छविमा केही सुधार हुनसक्छ । अन्यथा उनले प्रधानमन्त्रीका लागि मित्रभन्दा शत्रु बनाउन जारी रहनेछ । मोदी पुनःनिर्वाचित भएको ६ महिनाभित्र नै शाहले आफ्नो ‘साहेव’को छविमा आघात पु-याएका छन् ।

स्रोत : https://www.business-standard.com/article/opinion/has-amit-shah-moved-from-being-an-asset-to-a-liability-in-the-modi-regime-120012000204_1.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भारत भुषण
भारत भुषण
लेखकबाट थप