बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको राशीफल : मेषकाे साथीहरुबाट आलोचना, सिंहको प्रेममा धोका, धनुकाे व्यापारमा लाभ, मीनकाे काममा बढुवा

बुधबार, ०८ माघ २०७६, ०६ : ४८
बुधबार, ०८ माघ २०७६

वि.सं. २०७६ माघ ०८ गते । बुधबार । इस्वी सन् २०२० जनवरी २२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– त्रयोदशी,  ४७ घडी ५३ पला,  रातको ०२ बजेर ०६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– मूल,  ४५ घडी १० पला, रातको ०१ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा । योग– व्याघात, ५४ घडी ०७ पला, रातको ०४ बजेर ३६ मिनेट उप्रान्त हर्षण । करण– गर, दिउँसो ०२ बजेर २० मिनेट उप्रान्त वणिज, रातको ०२ बजेर ०६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्याेदय ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेट । दिनमान २६ घडी ३३ पला ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) : लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ, ख्याल गर्नुहोला । नीतिनिर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीहरुबाट आलोचना खप्नुपर्नेछ  ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) : बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला, समय मध्यम रहेको छ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेको छ । मन कमजोर हुनेहुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरूभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ,  सचेत रहनुहोला ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) : व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिने समय रहेको छ । साझेदारहरूबीच मन मिल्ने हुँदा नयाँ उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको साथ रहने हुनाले काम गर्न ऊर्जा थपिनेछ । भौतिक तथा विलासी वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढी नै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अविस्वासको वातावरण सिर्जना हुनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) : व्यापार व्यावसायमा सन्तोषजनक फइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) : सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यावहार गर्नुहोला समय मध्ययम रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : नोकरिमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विशेष पद पाउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने पराक्रम बढेर जाने हुनाले सहासिलो काम गर्न जोस जाँगर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले साथीहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू) : लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । बन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयाँपैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाब बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरुबाट नै आलोचना हुन सक्छ । काम गर्दा ध्यान दिनुहोला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : परिवार तथा आफन्तजनमा आत्मीयताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । व्यापार विस्तार गरी भनेजस्तो लाभ लिन सकिने तथा विभिन्न क्षेत्रमा लगानी गरी आम्दानीका स्रोतहरु विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट सेवा सुविधा प्राप्त गर्न सक्नेछन् ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : वैदेशिक व्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा तथा आम्दानी हुनेछ । लामो दूरीको विदेश यात्राको तय गर्न सकिनेछ । विद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केही खराबी हुन सक्छ, ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकाले पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) : लाभस्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेको छ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग रहेको छ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) : गीतसङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप