शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीपक मनाङे भन्छन् : झापड त कम हो, गोली हान्नुपर्छ

मङ्गलबार, ०७ माघ २०७६, २३ : ३३
मङ्गलबार, ०७ माघ २०७६

पोखरा । पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा डाकिएका थिए गण्डकी प्रदेशका सांसद दीपक मनाङे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए । मुख्यमन्त्री कप उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा थिए सबै । मुख्यमन्त्रीलाई स्वागतको तयारी चलिरहेको बेला सांसद मनाङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हाने । 

आखिर मनाङ्गेले गुरुङलाई किन हातपात गरे त ? रातोपाटीले एन्फा कास्कीका अध्यक्षलाई झापड हान्नुको कारणबारे सांसद मनाङेसँग कुराकानी गरेको छ ।

मनाङेसँग​ गरेको कुराकानी जस्ताको तस्तै:

आजदेखि गेम सुरु भयो । कहाँ बस्ने ? कहाँ सुत्ने थाहा छैन । टाइसिट निकाल्दासम्म जिल्लाको अध्यक्षलाई थाहा छैन । भ्रष्टाचार बढेको छ । सिस्टम ब्रेक गर्ने हो । तपाईंले लेखेर गर्नुहुन्छ । म झापड हानेर गर्छु । 
यो एकदम फटाहा रै छ । यसको स्वास्नी र बच्चा पाल्न एन्फा बनाएको होइन नेपालमा । यो फटाहाले अत्याचार गरिरहेको छ नेपालमा । फुटबलको नाममा पैसा आउने । यसको स्वास्नी र छोराछोरीलाई खुवाउने होइन । 
फुटबलको नाममा आएको पैसा यसले भ्रष्टाचार गरेको प्रमाण छ । प्रमाण भएरै तपाईंलाई भनेको हो । म काठमाडौंको सांसद भएको भए यी बच्चाहरुले कहाँ बस्थे कहाँ सुत्थे ? म पोखरा थिए र पो मैले मिलाए । बिचरा हिउँ परेको बाटोमा ८ दिनदेखि हिँड्दै बच्चाहरु गेम खेल्न आएका छन् । 

नेपालमा झापड त कमै हो, ‘‘आज मैले झापड मात्र हाने तर यिनीहरुलाई गोली हान्नुपर्ने हुन्छ ।’ तर, के गर्ने हाम्रो गोली हान्ने निकाय छैन । सांसदको काम हो यो । आफ्नो प्रदेशमा राम्रो नराम्रो के गर्नुपर्छ मलाई थाहा छ ।  खासमा मेरो अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङलाई पनि झापड हान्ने प्रोग्राम थियो । अर्को ठाउँमा त यसले मेरो पिटाई खाइहाल्छ । यति धेरै चोरी चकारी गर्नेलाई मैले भेट्न नपरोस् । 
पूर्वअध्यक्ष गणेश थापालाई फेरेर ल्याएको यो राम्रो मान्छे भनेर हो । तर, यो त थापा भन्दापनि खतम देखियो । 

गेम ४ गते भनेर ७ गते सा¥यो । इन्फर्मेसन दिन पर्दैन यसले ? मेरो गाउँको मान्छे । आज म पोखरामा थिए । राम्रो भयो । म यहाँ नभएको भए प्लेयर्सहरुलाई कसले खुवाउँथ्यो ? कहाँ खाने कसले सुताउने ? 
नेपालीको नाममा फिफाबाट पैसा खाने । यसको स्वास्नी र बच्चा हुर्काउने ? आठ दशवटा पत्रकारलाई पैसा खुवाएर राम्रो लेखाउने लगाउने । अतिथिमा पनि पोखराको काम न काजको मान्छेलाई २० देखि २५ हजार खाएर ल्याउने । 

मलाई विशिष्ट अतिथि रे । मेरो केही काम छैन विशेष अतिथिमा बस्ने ? विशेष अतिथि पनि ५० हजार लिने र त्यसलाई बनाउने । पैसा खाएर अतिथि बन्ने मान्छे म होइन । पैसा खाएर बिक्ने होइन ।  म माननीय हो । मैले एक्सन नलिए कस्ले लिने ? झापड हान्ने अधिकार मसँग छ । 

मुख्यमन्त्री कप गाउँमा गराउने ? मनकामना कप रंगशालमा ? मुख्यमन्त्री कप भनेको के हो ? पृथ्वीसुब्बा गुरुङको लागि लडेको होइन म । भोलि कुल्लिको छोरा पनि मुख्यमन्त्री हुनसक्छ । मैले मुख्यमन्त्री पदको लागि लडेको हो । मुख्यमन्त्री कप भनेपछि रंगशालमा हुनुपर्छ । सैनिक गाउँमा होइन । 

यो जस्तो चोर फटाहालाई यत्तिकै छाड्नुहुन्न । म जिन्दगीमा भ्रष्टाचार गर्दिन । ‘भगवान कसम, आमाबाबु कसम खाएर भन्छु म भ्रष्टाचार गर्न सांसद बनेको होइन । आफ्नो पैसा खर्च भएको छ । तर, भ्रष्टाचार गरेको छैन ।’ एक दुई जनालाई पैसा खुवाएर यो हिरो बनेको छ । मुख्यमन्त्रीको बेइज्जत हुुनुभएन ।  भ्रष्टाचारीलाई प्रत्येक जिल्लामा झापड हान्नु पर्ने । यहि ताल हो भने सबैले झापड खान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप