पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय
एजेन्सी । घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उहाँ परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उनको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको पुष्टि गरेको थियो ।
चीनको सार्वजनिक सुरक्षा उपमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका पूर्व इन्टरपोल प्रमुख मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको अदालतसमक्ष स्वीकार्नुभएको चीनले बताएको छ । मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको ‘निकै खर्चालु जीवनशैली’का लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो।
‘मङलाई पदीय मर्यादा विपरित घुस लिएको आरोपमा अदालतले १३ वर्ष छ महिना जेल सजायका साथै दुई लाख ९० हजार अमेरिकी डलर बराबरको जरिवाना तोकेको छ,’ तियानजिन एक नम्बर जनअदालतले बतायो ।
सुनुवाईका क्रममा गत जुनमा २१ लाख अमेरिकी डलर घुस लिएको उनले स्वीकारेका थिए । अदालतले यसलाई पदीय मर्यादाको दुरूपयोग गर्दै ‘गैर–कानूनी लाभ खोजेको’ वा घुस लिएको ठहर गरेको छ ।
अदालतले एक विज्ञप्ति जारी गर्दै मङले उनीमाथि लागेका सम्पूर्ण अपराधलाई स्वीकार गर्नुभएको बताइएको छ । उनले यसलाई पुनरावेदन नगर्ने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते