शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यु डायमन्डको प्रतिद्वन्द्वी आर्मी

मङ्गलबार, ०७ माघ २०७६, २२ : २७
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । राखेप कभर्ड हलमा जारी प्रतियोगितामा मंगलबार समूह एको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । एपीएफले आर्मीलाई २५–१०, १९–२५, २५–१८, २५–११ ले पराजित गर्याे । हारेपनि आर्मीले पनि सेमिफाइनलमा स्थान बनायो ।

महिलातर्फकै समूह बीको खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो । न्यु डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको थियो । न्यु डायमन्ड समूह विजेता र नेपाल पुलिस उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा न्यु डायमन्डले आर्मी र एपीएफले पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी पुरुषतर्फको खेलमा एपीएफ र पुलिसले जित निकाले । एपीएफले जाउलाखेल भलिबल सेन्टरलाई २५–१४, २५–१०, २५–९ ले हरायो । एपीएफ समूह बीको विजेता बन्यो । पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह सीको विजेता बन्यो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप