नवनियुक्त राज्यमन्त्रीलाई स्वागत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ कमिटीले नवनियुक्त राज्यमन्त्रीलाई आज पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा स्वागत गरेको छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको उपस्थितमा राज्यमन्त्रीहरुलाई पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना प्रदान गरे।
सो अवसरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले पार्टीको सहमतिमा विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुले सङ्गठनको दायित्व निर्वाह गर्दै जनताको समृद्धको चाहना पूरा गर्न सफलता प्राप्त हुने शुभकामना दिए ।
राज्यमन्त्रीहरुका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सुशासनसहित पार्टीको जिम्मेवारीलाई पूरा गर्दै जनताको चाहनालाई तल्लो तहसम्म पुगी सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टी प्रदेश सचिव सुरेशकुमार राईले पार्टी र सरकारबीच समन्वय गर्न मन्त्रीहरुलाई सफलता प्राप्त हुने शुभकाना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल