धादिङमा ट्रक दुर्घटना: मृतकहरुको सनाखत (अपडेट)
मङ्गलबार, ०७ माघ २०७६, २० : ०७
काठमाडौ । धादिङमा मिनी ट्रक दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ,प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ,बेलबहादुर गुरूङ,विदुर गुरूङ,तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । निलकण्ठ नगरपालिका वडानम्बर ८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको हो । करिब ४५ जना सवार ट्रकमा मण्डली दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा