प्रदेश नं २ मा राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा
काठमाडौं । प्रदेश नं.२ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा खटिने कर्मचारीको तालीम सम्पन्न भइसकेको तथा निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिए ।
निर्वाचनका लागि जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि २५ कर्मचारी परिचालन हुने भएको छ । बिहान १० बजे मतदान शुरु भई अपराह्न ४ बजेसम्मका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृत खतिवडाले बताए ।
निर्वाचन सकिएलगत्तै मतगणनाको प्रक्रिया शुरु गरिने उनले जानकारी दिए । प्रदेश नंं.२ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । उक्त निर्वाचनमा प्रदेश नं।२ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।
प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ जना गरी कूल ३७९ जना मतदाता छन् । सो निर्वाचनमा महिला समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, दलित समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान रहेका छन् ।
सोही अनुरुप, अल्पसङ्ख्यक समूहअन्तर्गत एक पदको निर्वाचनमा नेपाली काँगे्रसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह रहेका छन् भने अन्य समूहअन्तर्गत एक पदका लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंहबीच प्रतिस्पर्धा हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित