रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ ।
आइतबार बार नेपाल भ्रमणमा आएकी अस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो ।
राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आएकी छिन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।
नेपाल बसाईका क्रममा उनले कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गर्ने तथा कैलाली र नवलपरासीको मध्यविन्दु अस्पतालमा रहेको क्षयरोगका विरामीलाई भेट्नेछिन् ।
यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ । आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म