शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छाउपडी प्रथा अन्त्यका लागि १० बुँदे घोषणापत्र जारी

मङ्गलबार, ०७ माघ २०७६, १६ : ५८
मङ्गलबार, ०७ माघ २०७६

अछाम । छाउपडी प्रथा अन्त्य तथा मर्यादित महिनावरी प्रबर्धन गर्नका लागि १३ बुँदे घोषणापत्र जारी भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ लगायतको टोलीद्वारा अछाम जिल्लामा पुगेर १३ बुँदे घोषणा पत्र जारी गरेका हुन् । 

छाउपडी प्रथाले अन्तर्राष्ट्रिय जगतमा नेपालको शीर झुकाउने काम गरेको र मुलुकमै पनि सुदुरपश्चिम क्षेत्रलाई सामाजिक रुपमा फरक रुपमा हेर्ने अवस्था अन्त गर्न यो प्रथा अन्त्य हुनुपर्नेमा मन्त्री गुरुङले जोड दिए ।

सरकारले छाउगोठ भत्काउने अभियानका साथै यस प्रथा अन्त्यका लागि आवश्यक नीति, कार्यक्रम तथा बजेटको व्यावस्था गर्ने जानकारी उनले दिए ।

उनले संघ, प्रदेश तथा स्थानीय सरकार, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी तथा सरोकारवाला पक्ष यो प्रथा अन्त्यका लागि आ–आफ्नो ठाउँबाट पहलकदमी लिन आग्रह गरे ।

१० बुँदे घोषणामा महिलाको आत्मसम्मानमा वृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउने, सुदुर क्षेत्रका प्रदेश तथा स्थानीय सरकार परिचालन गर्ने, छाउगोड भत्काउने लगायतका विषयवस्तु समावेश गरिएको छ ।

सो अभियानमा महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल, सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप