शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनपेक्षित महँगी बढेको छैन, आतिहाल्नुपर्दैन: डेपुटी गर्भनर शिवाकोटी

मङ्गलबार, ०७ माघ २०७६, १४ : ५६
मङ्गलबार, ०७ माघ २०७६

काठमाडौं । मुलुकको सुधारउन्मुख अर्थबजारमा अनपेक्षित महंगी नबढेको राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बताएका छन् । मंगलबार राजधानी आयोजित कृषि विकास बैंकको ५३ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै डेपुटी गर्भनर शिवाकोटीले राष्ट्र बैंकले निर्धार गरेको ६ प्रतिशतको इन्फेक्सन (मुद्रास्फीति) दर सोही हारहारीमानै रहेको बताएका छन् ।

पछिल्लो समय भारतीय अर्थतन्त्रमा आएको मन्दिका कारण महँगी बढ्दा त्यसको प्रभाव नेपाली बजारमा समेत पर्दा केहि महँगी बढ्न गएको उनको भनाई छ । ‘गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ४÷५ महिनामा बजार भाउ बढ्यो, महँगी बढ्यो भनेर आत्तिहाल्नु पर्दैन । अनपेक्षित महँगी बढेको छैन ।’ डेपुटी गर्भनर शिवाकोटीले भने, ‘मुद्रास्फीति दर राष्ट्र बैंकले निर्धारण गरेकै हारहारीमा छ ।’ 

यस वर्ष ६ प्रतिशतको दरमा मुद्रास्फ्रीति कायम गर्ने राष्ट्र बैंकको नीति हो । सोही दरको हारहारीमा मुद्रास्फ्रीति छ । मात्र भारतीय अर्थ बजारमा आएको मन्दी र महँगीका कारण नेपाली बजारमा प्रभाव पर्न गएको हो । डेपुटी गर्भनर शिवाकोटीले भने ।

चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा मुद्रास्फ्रीति दर ६ दशमलव ५५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा मुलुकको मुद्रास्फीति दर ३ दशमलव ७१ प्रतिशत मात्र थियो । गत वर्षको महंगीसँग चालू आर्थिक वर्षको महंगी तुलना गरेर हेर्दा यस वर्ष २ दशमलव ८४ प्रतिशतले महँगी बढेको छ । 

सुधारउन्मुख अर्थतन्त्रमा बजार भाउ केही बढ्नु स्वभाविक भएपनि यस पटकको मंहगी बढाई भारतीय बजारको महगीको प्रभाव रहेको शिवाकोटीको भनाई छ ।  भारतमा गएको तीन महिनामा मात्र ७ दशमलव ७५ प्रतिशतले महंगी बढेको छ ।

अहिले भारतीय बजारमा तरकारीको भाउ अत्यधिक दरमा बढेको छ । भारतबाटै तरकारी नेपाली बजार सम्म ल्याइने हुँदा भारतीय महँगीको प्रभाव नेपाली बजारमा समेत परेको छ । जसले गर्दा नेपालको बजारमहँगी बढ्न गएको हो । 

सोही अवसरमा डेपुटी गर्भनरले अहिलेको अवस्थामा नेपालको विदेशी विनिमय संचिति प्रयाप्त मात्रमा रहेको बताएका छन् । कुल १०८८ अर्ब ३१ करोड विदेशी संचिति रहेकोमा सो संचितिले अबको ७–८ महिनालाई धान्न पुग्ने शिवाकोटीको भनाई छ ।

त्यस्तै, पछिल्लो समय विप्रेषण (रेमिट्यान्स) दर घटेको भन्ने हल्ला चल्ने गरेपनि त्यो वास्तविक नभएर उनले बताए । रेमिट्यान्स दर संख्यात्मक रुपमा घटेर पनि परिणाममा नघटेको उनको भनाई छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले अझ रेमिट्यान्सको दर १ प्रतिशतले बृद्धि भएको देखाएको छ । केहि समयपछि मलेसियाको रोजगारी खुलेसँगै अब यो दर अझ बढ्ने राष्ट्र बैंकले जनाएको छ । पहिल्लो चार महिनामा मलेसिया जानेहरु कामदारहरुको संख्या ४ हजार पुगिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप