दामनमा दुई भारतीय परिवारका ८ जनाको मृत्यु (मृतकको नामावलीसहित)
भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ ।
दामनको एभरेस्ट पानोरामा रिसोर्टमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दामनको एभरेष्ट पानोरामा रिसोर्टमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए ।
जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए ।
त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए ।
बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अचेत अवस्थामा भेटिएको थियो ।
लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो ।
अचेत अवस्थामा भेटिएका ८ जनाको मृत्यु भइसकेको ह्याम्स अस्पताल श्रोतले बताएको छ ।
होटलमा म्यानेजर केसीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको नाम र ठेगाना खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर ललन कुर्मीका अनुसार मृत्यु हुनेमा २ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन् । मृत्यु हुने भारतीय पर्यटकहरु निम्न रहेका छन् :
वर्ष ३८ रञ्जित कप
वर्ष ३४ इन्द्र
वर्ष ३७ प्रविन
वर्ष ३२ सरिया
वर्ष ५ अभी
वर्ष ७ अर्चना
वर्ष ५ वैष्णव
वर्ष ९ बन्द्रा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट