सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेसमा पुनर्जागरणको खाँचो

मङ्गलबार, ०७ माघ २०७६, १२ : २१
मङ्गलबार, ०७ माघ २०७६

-युवराज बस्ताकोटी

सन् १८८५ मा खुलेको इन्डियन नेसनल कङ्ग्रेस भारतको पहिलो राजनीतिक दल हो । यसका संस्थापक ब्रिटिस इन्डियन सिभिल सर्भिसका निवृत्त अफिसर अलान अक्टोभिएन हुम थिए । उनै हुम र उनका समकालीन साथीहरुले इष्ट इन्डियन कम्पनीका निरङ्कुशता हटाउने, नागरिक वाक तथा प्रेस स्वतन्त्रता स्थापना गर्ने, सर्वसाधारणमा कल्याणकारी प्रशासन चलाउने, गरिबी हटाउने आर्थिक कार्यक्रम ल्याउन दबाब दिने र अन्त्यमा भारतीय राष्ट्र«वाद जागृत गराई जनतालाई ब्रिटिस शासनविरुद्ध आन्दोलित पार्ने उद्देश्य नै थियो । समय काल खण्डले सोही पार्टीका नेता मोहनदास करमचन्द गान्धीको अहिंसात्मक भारत छोडो आन्दोलन तथा जनसङ्ग्रामले नै अन्ततः ब्रिटिस शासनको अन्त्य भयो र भारत स्वतन्त्र बन्यो अगस्ट १५, २०४७ मा ।

यो दोस्रो विश्वयुद्ध लगत्तैको घटना थियो । दोस्रो विश्व युद्धले गर्दा संयुक्त अधिराज्य (ब्रिटेन) आक्रान्त भएकै बेला उसले भारतमा शासनको निरन्तरता सम्भव देखेन र अन्ततः शान्तिपूर्ण बहिर्गमनको बाटो रोज्यो । त्यसपछि संविधान बनाइयो । भारतमा आम निर्वाचन भयो । भारतीय आन्दोलनको नेतृत्व गरेको भारतीय राष्ट्रि««य  कङ्ग्रेसले जम्मा ४८९ संसद सिटमध्ये अत्यधिक बहुमत  अर्थात ३६४  सिट जितेर सरकार बनायो ।

सरकार बनाउने शृङ्खला १९७७ को आम निर्वाचनसम्म जारी रह्यो भारतीय राष्ट्रि««य कङ्ग्रेसको जवाहरलाल नेहरु, भुलाभाइ देसाई, असल अलि मौलना, आजाद जिवत, राम क्रियालिनी, पुरुषोत्तमदास टण्डन जस्ता नेताहरुको नेतृत्व रहँदासम्म सो पार्टी चलिरह्यो । जवाहरलाल नेहरुको मृत्यु सन् १९६४ मा भयो । स्वभावत उनैको छोरी इन्दिरा गान्धी भारतीय राष्ट्रि««य कङ्ग्रेसको नेतृत्वमा आइन् । उनीभन्दा दिग्गज नेताहरुलाई समेत अपमान गर्ने पार्टी तथा सरकारको नेतृत्वमा समेत क्रुरता देखाउन थालेपछि उनीविरुद्ध मोर्चा बन्दी सुरु भयो । स्टेटम्यानसिप देखाउनुभन्दा पाकिस्तानलाई टुक्र्याउँदा बङ्गालदेश बनाउने र देशभित्र अन्य नेतालाई तेजाबोध गर्न सक्रिय भएपछि केही नेताले पार्टी छाडे र जनता पार्टी खोले सन् १९७५ मा  मोररजी देसाईको नेतृत्वमा खोलिएको त्यही जनता पार्र्टी नै आजको भारतीय जनता पार्टी हो ।

जसको नेतृत्व अमित शाहले गरिरहेका छन् भने त्यही पार्टीको अलायन्सको स्पष्ट बहुमतसहितको सरकारको नेतृत्व दोस्रो कार्यकालको रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेका छन् । हुन त सन् १९५१ मा श्यामप्रसाद मुखर्जीद्वारा स्थानीय भारतीय जनसङ्घलाई यसले आफ्नो स्थापनाको रूपमा माने पनि इन्दिरा गान्धी सरकारले सन् १९७५÷७७ सम्म लगाएको राष्ट्रि«य सङ्कटकालकै बीच जन्मिएको देसाईको जनता पार्टीसँगको मिलनले नै भारतीय राजनीतिमा देखिएको इतिहास साक्षी छ ।  

अहिले नेसनल डेमाक्रेटिक एलाएन्सको मुख्य साझेदार, प्रधानमन्त्री मोदीको छ भने पुरानो पार्टी कङ्ग्रेस आई दयनीय अवस्थामा पुगेको छ ।  अघि नै उल्लेख गरियो सन १९६०÷७० को दशकमा प्रधानमन्त्री इन्दिरा गान्धीका हर्कतहरुले भारतीय राजनीतिलाई  उथलपुथल पा¥यो उनले आफ्नो पुर्खाले स्थापित गरेको परम्परागत आर्थिक प्रणालीलाई क्षति पुर्याइनन् मात्र  स्थापित पुराना नेताहरुको चिलबिलसमेत पारिन् । उता पाकिस्तानलाई छुटाउन प्रेरित गरिन, युद्ध गरिन् । भारतीय राष्ट्रि««य कङ्ग्रेस विघटनको घोषणा गरेर कङ्ग्रेस (आर) गठन गरिन् । त्यसको परिणाम सन् १९७७ को चुनावमा नराम्रो हार बेहोर्नुप¥यो । जनता पार्टीका नेता मोरारजी देसाईले प्रधामन्त्रित्व प्राप्त गरे । इन्दिरा गान्धीले आपूmलाई बदलेर सन् १८८० को निर्वाचनमा नयाँ पार्टी गठन गरिन् । भारतीय नेसनल कङ्ग्रेस सम्पूर्ण सदस्यहरुलाई निलम्बन गरियो । कतिले त्याग गरे इन्दिरा गान्धीको नेतृत्वमा इन्डियन नेसनल कङ्ग्रेल (आई) का नामले नयाँ पार्टी गठन भयो । सोपश्चातको निर्वाचनमा गान्धीको पार्टीले बहुमत ल्यायो र उनैको प्रधानमन्त्रीमा सरकार गठन गर्यो, इन्दिरा गान्धी प्रधानमन्त्री रहरकैको बरवत अक्टोबर ३१, १९८४ का दिन उनलाई आफ्नै अङ्गरक्षकले गोली हानी आफ्नै निवासमा मारिदिए । 

इन्दिरा गान्धीका राजनीतिमा रहेका कान्छो छोरा सञ्जय गान्धीको सन् १९८० मा नै हवाई दुर्घटनामा मुत्यु भएपछि जेठो पाइलट  छोरा राजिव गान्धीलाई उनले राजनीतिमा ल्याएर लोकसभामा संसद बनाई सकेकी थिइन् । परिणामतः राजीव  गान्धी नै का.वा. प्रधानमन्त्री बने र त्यसपछिको निर्वाचनपछि पनि उनी नै प्रम बने । कङ्ग्रेस (आई) मा पुत्र नेता राजीव गान्धी पनि मे २१, १९९१ मा चेन्नाईमा मारिए  । उनी जीवित छँदै सन् १९८९ मा उनको पार्टीले चुनाव हार्याे । त्यसपछि सन् १९९० मा चन्द्रशेखर प्रधानमन्त्री बने । सन् १९९१ मा फेरी कङ्ग्रेस (आई) सरकारमा आयो । सन् १९९६ को निर्वाचनमा  भारतीय जनता पार्टीका अटल विहारी बाजपेयीको नेतृत्वमा संयुक्त सरकार बन्यो । सन् १९९७ मा जनता दलका इन्द्रकुमार गुजरालको सरकार बन्यो ।

उथलपुथल जारी रहँदा सन् १९९८ मा वाजपेयीकै सरकार फेरि आयो । सन् २००४ को निर्वाचनमा कङ्ग्रेस (आई) सत्तामा  पुग्यो । अर्थविज्ञ मानिएका नेता मनमोहन सिंह दुई कार्यकाल यानेकि १० वर्ष प्रधानमन्त्री बनेर सरकार चलाए । करिस्मेटिक नेताको छवि बनाएका बोलक्कड नेता नरेन्द्र मोदीले भारतीय जनता पार्टीको तर्फबाट भारतीय  मतदातालाई आफ्नो बसमा पार्न सफल भए, सन् १९१४ र सन् १९१९ को क्रमशः दुईवटा निर्वाचनमा । अन्ततः अहिले कङ्ग्रेस (आई) ले ५४५ सदस्य भएको भारतीय लोक सभामा  जम्मा ५२ सिटमा चित्त बुझाएर अस्तित्व धान्नु परेको छ । अर्कातर्फ त्यही पार्टीको सन् १९८४ मा नयाँ रूपमा गठन भएपछिको चुनावका ५४५ सिटमा ४१५ सिट जितेर राजिव गान्धी सरकार प्रमुख बनेका थिए । यसरी हेर्दा भारतीय जनता बीचमा प्रशस्त परिवर्तन देखिन्छ । राजनीतिक   अस्थिरता त्यहाँ पनि  थियो । राज्यले जनताका समस्या समाधान गर्नभन्दा छिमेकीसँग पौँठेजोरी खेल्न र आफू आफूबीच तिकडम गर्नमा व्यस्त देखिथ्यो, यसको इतिहास साक्षी छ भने पारिवारिक विरासतलाई केद्रमा राखेर भारतीय राष्ट्रि««य कङ्ग्रेस उर्फ कङ्ग्रेस (आई) आफ्नो राजनीतिक इतिहास पार गरेको देखिन्छ । 

नेपालमा जनताको राजनीति सहभागिता इतिहास लामो छैन । नेपाल भारत जस्तो ब्रिटिस कम्पनी वा अन्य शक्तिद्वारा शासित हुन परेन । तर आफ्नै देशको पारिवारिक निरङ्कुशताको पीडा भने यो देशले भोगेकै थियो । देशभित्र हत्या, छलकपट र अस्थिरताको इतिहासकाण्ड नै काण्डले भरिएका छन् ।  त्यसैबीच बहुदलीय प्रजातन्त्र र आर्थिक  विकासका लागि स्वतन्त्रताको पक्षधरको रूपमा स्थापित सबैखाले क्रान्ति र परिवर्तनको नायक नेपाली काँग्रेस पार्टी यतिबेला नुन खाएको कुखुरा जस्तो ओइलाएको छ । तर आफ्नो पार्टीभित्रको एकता टुटेको छ, छलकपटमा पार्टी प्रवेश गरेकाृ छ । जुटेको कम्युनिस्ट पार्टी फेरि फुट्ला र हाम्रो पालो आउला भन्ने आशमा नेकाका नेताहरु पार्टी कब्जा गर्ने उद्देश्य बोकेर एकले अर्कोलाई हिलो छ्याप्न व्यस्त देखिन्छन् । एउटा पक्षले अर्को पक्षलाई बहिष्कार गर्नेसम्मको हर्कत यहाँ स्थापित हुँदैछ । साना साना एकाइदेखि केन्द्रीय तहमा पुगेका नयाँ पुराना नेताहरु गुटगुटमा विभाजित हुनु सकारात्मक राजनीति होइन । कतिले गुट स्वाभाविक हो तर गिरोह नहोस् पनि भन्न थालेका छन् । नकरात्मक दृष्टि भनेर आरोप नलगाउने हो भने अहिले पार्टीभित्र बहुसङ्ख्यामा गिरोहहरु नै सक्रिय छन् ।

अहिलेको नेकाको द्वन्द्वका कारणहरु वस्तुनिष्ट र  सुहाउँदा छैनन् । वैचारिक भिन्नता, व्यावहारिक परिपक्वता दृष्टिकोण र कार्यक्रमहरु बीचको टकराव वा डिस्कोर्स पनि होइन । यो द्वन्द्व त मात्र पद र शक्तिको खेल हो । आफू आफ्ना नातेदार, सम्बन्ध र कारोबारीबीच पार्टीमा कसरी स्थापित गर्ने, आफ्नो नेतृत्वपछि हाडनाताभित्रको मुठीमा पार्टीलाई कसरी राख्ने भन्ने प्रश्नहरु भित्र यी खेलहरु भइरहेका छन् । भारतमा गान्धी परिवार, श्रीलङ्कामा बन्दरा नायके, जयवर्दने, बङ्गलादेशमा हसिना परिवार, पाकिस्तानमा भुुटो परिवार, यूकेमा एसक्विथ, बेनरहासेटस्, अमेरिकामा एदम्स, रुजवेल्ट, बुस, चीनमा सियाङ, सुङ, चेन, कुङ परिवार, उत्तर कोरियामा किम परिवार, जर्मनीमा विस्मार्क, मेजेरे, वोन आदि  पारिवारिक राजनीतिको भित्री चाहना हाम्रा नेतामा नभएका होइनन् । विश्व राजनीतिक इतिहास पल्टाउँदा आफ्नो पारिवारिक विरासत कायम रहोस् भन्ने ठानेर नै यिनीहरु मच्ची मच्ची झगडा गरिरहेको बुझ्न गाह्रो छैन ।

कमजोर मानसिकता भएका कार्यकर्तालाई पछि लगाउन जति स्थायित्व हुन्छ । संसार बुझेको दृष्टिकोण दिन सक्ने मानिस प्रगतिशील  हुन्छ । ऊ आपैm अगाडि बढ्छ ।  त्यसका लागि द्वन्द्व आवश्यक छ भने आजका नेताको बुझाइ हो, जुन सर्वथा गलत मात्र नभएर एउटा दर्बिलो भ्रम हो । जबरजस्ती स्थापित गर्दा केही मानिसले पद पाउलान् वा कसले गुमाउलान्, राष्ट्र पछाडि पर्छ प्रगतिको बाटो रोकिन्छ । एउटा ऐतिहासिक विरासत बोकेको जिम्मेवार राजनीतिक दल सो कुरामा सचेत हुनुपर्ने हो । तर दुर्भाग्य जो घुमिरहेछ आजको यस घडीमा ।

जुनै द्वन्द्वको समाधान एउटा पक्षले नरम भाव व्यक्त गरेर मात्र सम्भव छ । गुट गुटमा स्ट्यान्ड लिएर सङ्गठन बलियो हुँदैन । एउटा पक्ष कम्तीमा नरम बन्न सक्यो भने भोलिका दिनमा यसको हिसाब बलिदान र विचारद्वारा निर्देशित शुभेच्छुक, नेता तथा कार्यकर्ताहरुले तिर्नेछन् भन्ने विश्वास लिन सक्नुपर्छ । त्यसका लागि पार्टीको इतिहासको पथ बदल्नुपर्छ । केही ठोस निर्णय गर्नु पर्छ । आजको आवश्यकता कोर्स परिवर्तन हो जसका लागि निम्न केही कार्य सुरु गर्न सकिन्छ ।

-   बीपी कोइरालाले वि.सं. २००३ सालमा स्थापित गरेको नेपाली राष्ट्रिय काँग्रेसको त्यति बेलाको नीति, सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमलाई पुनः अध्ययन र परिभाषित गर्नुपर्छ ।

-   विसं २००७ सालको जनक्रान्तिको सफलतापछि इतिहासको बाटो गलत मोडमा गयो । त्यति बेलैदेखि राज्यले गलत बाटो लियो र हामी आजका मितिसम्म पछौटे र गरिब भएर बाँच्नु प¥यो । त्यसले राष्ट्रलाई एक सताब्दी पछाडि धकेल्यो अतः सोबारे पुनः व्याख्या गर्दै नयाँ कोर्स ‘२००७ सालबाट के हुनु पथ्र्यो ?’ बाट सुरु गर्नुपर्दछ ।

-   बाँस पनि धेरै अग्लो भएपछि नुहिन्छ, पार्टीका नेतृत्व अकुत सम्पत्तिका मालिक कसरी बने, पार्टीभित्र निरङ्कुशताको सुरुवात कहाँबाट भयो ? राजनीतिलाई कसरी तोडमोड गरियो ? यी सबको अध्ययन अनुसन्धान गर्दै जहाँबाट राजनीतिकर्मीमा स्वार्थ मात्र आउन थाल्यो त्यही बिन्दुबाट पुनः नयाँ यात्रा सुरु गर्नुपर्छ ।

-   हाल कायम रहेका केन्द्रीय सभापति, पदाधिकारी, समिति सदस्य सम्पूर्ण सदस्यहरुको सदस्यता खारेज गर्ने । पार्टीको पुनर्ताजगी गर्दै नयाँ प्रतिबद्धता, नयाँ दृष्टिकोण, नयाँ विचारका साथ बिल्कुलै नयाँ र निस्वार्थ नेतृत्व आउने महाअवसर सिर्जना गर्दै, महाघोषणा गर्दै, नयाँ सदस्यता लिँदै राज्यको एक मात्र जनताको पार्टी निर्माण गर्ने महाअभियान एक स्वरले घोषणा गर्नुपर्छ ।

-   यसो गर्दा अहिलेसम्म भए गरेका पाप र कुकर्महरु त्यागेर नयाँ विचार र स्वच्छ आत्माका साथ पार्टी नेतृत्व स्थापित हुने अवसर आउनेछ र युरोपमा १७औँ शताब्दीमा आएको पुनर्जागरण जस्तै यो पार्टीमा आउनेछ । यो नै सम्पूर्ण नयाँ पुराना, परम्परागत तथा आधुनिक नागरिकको सङ्गम स्थल बन्नेछ । २१औँ शताब्दीको जिम्मेवार राजनीति स्थापित हुनेछ । विश्वको नमुना लोकतन्त्र नेपालमा हुनेछ । सबैले राजनीति माथि भरोसा गर्नेछन् र देश अगाडि बढ्न हरदम मद्दत पुग्नेछ ।

प्रजातान्त्रिक पद्धतीमा राज्यको मूल  विकासका बाहक राजनीतिक दल नै हुन् । तर दल जिम्मेवार र दृष्टिकोणयुक्त हुनु जरुरी छ । इमानदारिता विकास र समृृद्धिका लागि पहिलो  शर्त हो ।  जुन विल्कुल सही अर्थमा प्रजातान्त्रिक विचारमा मात्र सम्भव हुन्छ । पेपरमा होइन, साँच्चै व्यवहारमा प्रजातन्त्र  आवश्यक छ ।  पहिले पार्टीभित्र त्यस पछि देशभित्र । 

(लेखक त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधिका शोधार्थी हुन् ।)
 
   
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप