मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस मानिसबाट मानिसमा समेत सरेको पुष्टि, प्रकोप विश्वव्यापी हुने डर

मङ्गलबार, ०७ माघ २०७६, १० : ४८
मङ्गलबार, ०७ माघ २०७६

चीनको राष्ट्रिय स्वास्थ आयोगले हालसम्म रहस्यमयी रहेको सार्सजस्तो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेका छन् । 

कोरोनाभाइरस चीनका धेरै सहरमा विस्तार भइसकेको छ र अहिले चीनमा नयाँ वर्षमा चलिरहेको अवस्था झण्डै ४० करोड घरतर्फ आउजाउ गरिरहेका भाइरस देशव्यापी हुने भय उत्पन्न गराएको छ । 

चीनको स्वास्थ आयोगका प्रमुख र स्वासप्रश्वास विज्ञ झोङ नान्शानले ग्वाङदोङ प्रान्तमा कोरोनाभाइरस मानिस मानिसबीच सरेको दुई केस भेटिएको पुष्टि गरे । त्यहाँ उपचार गराइरहेका विरामीबाट चिकित्सकमा भाइरस सरेको हो ।

हाल भेटिएका भाइरस सन् २००२–२००३ मा चीन र हंङकङमा फैलिएको सार्स प्रकोपको भाइरस एक प्रजाति हो । सार्सजत्तिनै खतरनाक नभए पनि भाइरसले कुनै समय आफ्नो जिनमा परिवर्तन गर्न सक्ने भएकाले विज्ञ चिन्तित छन् । सार्स भाइरसको संक्रमणबाट ७५० मारिएका थिए । 

चीन सरकारले सार्स प्रकोप फैलिएको समय प्रकोपको स्तरलाई लुकाएका कारण भाइरस ३७ देशसम्म पुगेको थियो । त्यसका लागि धेरैले चिनियाँ सरकारको आलोचना गरेका थिए । 
तर यो पटक भने चीनले भाइरस र प्रकोपसम्बन्धी सुचना विश्वासमुदायसँग बाडिरहेको छ । वर्तमान प्रकोपमा तीनको मृत्यु भइसकेको छ र यो थाइल्याण्ड, जापान र दक्षिण कोरियामा पनि पुगेको छ । 

पछिल्लो समय भाइरसको प्रकोप मुख्यत जनावरबाट मानिसमा सरेको देखिन्छ । यो पटक पनि यो भाइरस हुनानको सीफूड बजारबाट सरेको हो ।  

कोरोनाभाइरसबाट संक्रमितलाई कस्तो लक्षण देखिन्छ ?

कोरोनाभाइरसले निमोनिया गराउँछ । यो भाइरसबाट विरामी भएकामा खोकी, ज्वारो र सास फेर्न कठिन हुने समस्या देखिन्छ । 

भाइरस संक्रमणबाट हुने न्युमोनिया भएकाले यस रोगलाई एन्टीबायोटिकले काम गर्दैन । एन्टी–बायोटिक ब्याक्टेरियाबाट संक्रमणको उपचारमा मात्र प्रयोग हुन्छ । एन्टीभाइरल औषधिले लक्षणलाई केही कम गरेको देखिएको छ । 

अस्पतालमा भर्ना गरिएका व्यक्तिलाई सास फेर्न सहज उपकरणमा राखिन्छ र तिनलाई धेरै तरल खाद्य खुवाईन्छ । स्वास्थ सुधार तिनको रोगप्रतिरोधात्मक क्षमतामा भर पर्छ । 
मरेका व्यक्तिको स्वास्थ पहिले कमजोर रहेको चिकित्सकले बताएका छन् । 

विज्ञ कति चिन्तित छन् ?

चीनमा कोरोना–भाइरसको प्रकोप जुन समय सुरु भएको छ, त्यसलाई लिएर जनस्वास्थ विज्ञ बढी चिन्तित छन् । 

चीनमा नयाँ वर्षलाई सबैभन्दा ठूलो उत्सवका रुपमा मनाइन्छ । लुनार नयाँ वर्षको क्रममा हप्तौंसम्म करोडौं चिनियाँ नागरिकहरु परिवारजन भेट्नको लागि यात्रा गर्ने गर्छन् । 
यो समय चीनको ठूलो डायस्पोरा पनि देश भित्र–बाहिर गर्ने भएकाले प्रकोप विश्वव्यापी हुने सम्भवाना पनि छ । यो वर्ष चिनियाँ नया वर्ष जनवरी २५ मा परेको छ । 
यसले कोरोनाभाइरस विश्वव्यापी हुने डर छ ।

कोरोभाइरसका प्रकोपमा विरामी पर्ने अधिकाशं पहिल्यै कमजोर स्वास्थ भएका व्यक्ति छन् । स्वास प्रस्वास सम्बन्धी रोगमा यही प्रवृति देखिन्छ । यसले गर्दा चिनियाँ अधिकारीले रोगलाई लिएर धेरै चिन्ता लिनु नपर्ने बताइरहेका छन् । 

तर विज्ञमा भाइरस थप बलियो होला भन्ने भयमा छन् । प्रकोपको समयमा भाइरसमा जिनमा परिवर्तन भएर बलियो वा कमजोर भएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप