केन्द्रीय संस्करण

दीपिकाको टिकटकः कंगनाले भनिन्, ‘माफी माग’

person explore access_timeमाघ ७, २०७६ chat_bubble_outline0

एसिड आक्रमणजस्तो संवेदनशील मुद्दामा बनेको दीपिका पादुकोणको फिल्म ‘छपाक’ ले बक्स अफिसमा कमाल देखाउन सकेन भने फिल्मबाट विवादको अलग्गिन सकेको छैन । सोसल मिडियामा दीपिका पादुकोणको एउटा टिकटक भिडियो भाइरल भएको छ जसमा उनी एक मेकअप आर्टिस्टलाई छपाक लुक बनाउन भनिरहेकी छिन् । यस्तो गरेकोमा अब कंगना रनौतले यसलाई असंवेदनशील बताउँदै दीपिकालाई माफी माग्न भनेकी छिन् ।

भिडियोबाट आहत भएकी कंगना रनौतले अन्तर्वार्तामा भनेकी छिन्, ‘मेरी दिदी एसिड आक्रमणमा परेकी थिइन् र म दीपिका पादुकोणको यो भिडियोबाट निकै आहत भएकी छु । ’

कंगना रनौतले थपेकी छिन्, ‘यो निकै असंवेदनशील भिडियो थियो र दीपिका पादुकोणले यो कुनै न कुनै कारणसहित नै बनाएको हुनुपर्ने आशा व्यक्त गरेकी छिन् ।’

गल्ती मानिसबाटै हुन्छः

कंगना रनौतले भनेकी छिन्, ‘तपाईंको मार्केटिङ टीमले लगातार फिल्मको प्रोमोशनका लागि यस्ता आइडिया लिएर आउँछन् जसका कारण तपाईंले नचाहँदा नचाहँदै पनि केही असंवेदनशील क्रियाकलाप गर्नुहुन्छ । यो कुनै मेकअप लुक होइन र कसैले यस्तो प्रकारको ‘लुक’ पाउने  कोसिस गर्नुहुँदैन । मलाई लाग्छ कि यस्तो असंवेदनशीलताका लागि उनले माफी माग्नुपर्छ किनभने गल्ती मानिसबाटै हुन्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.