आहा ! कालिञ्चोक : ‘स्वर्ग’ यहीँ हेर्न पाइन्छ (फोटोफिचर)
‘स्वर्ग’ काल्पनिक हो । पौराणिक विश्वास अनुसार त्यहाँ पुण्य गर्ने मानिसहरूको मृत्यु पछि वास हुन्छ भन्ने विश्वास गरिन्छ। विश्वास अनुसार स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैंचा छ भनेर भनिन्छ ,र सवै देवता र अप्सराहरू त्यहाँ आनन्दले रहन्छन् भनिन्छ। मानिसहरुको कल्पनाको यो स्थानमा वास्तविकतामा अहिलेसम्म कोही पुगेका छैनन् । त्यसैले त मानिसहरु कुनै रमणीय र मनलाई आनन्द दिलाउने ठाउँ पुगेपछि त्यसलाई नै ‘स्वर्ग’ को उपमा दिन्छन् ।

दोलखा जिल्लामा रहेको कालिञ्चोक अहिले त्यही ‘स्वर्ग’ को पर्याय बनेको छ । त्यही भएर पछिल्लो समय कालिञ्चोक आन्तरिक र बाह्य पर्यटकहरुको लागि आकर्षण बनिरहेको छ । विशेष गरेर हिमपात भएपछि यहाँ आन्तरिक पर्यटकहरुको बाक्लो भीड लाग्ने गर्छ ।

हिउँले कालिञ्चोकलाई ढपक्कै ढाक्दा त्यहाँको दृश्य हेरेपछि मानिसहरु दङ्ग पर्ने गर्छन् । त्यहाँको घरहरुको बनावट, भौगोलिक अवस्था हेरेर धेरैले यस ठाउँलाई नेपालको ‘स्वीटजरल्याण्ड’ पनि भन्ने गरेका छन् । हिमपात भएसँगै त्यहाँ अहिले स्कीइङ गर्नेदेखि हिउँमा रमाउनेहरुको भीड लागेको छ ।

समुद्री सतहबाट करिब ३८ सय मिटर उचाइँमा रहेको कालिञ्चोक धार्मिक पर्यटनका लागि पनि उत्तिकै चर्चित छ । यहाँ रहेको कालिञ्चोक भगवतिको दर्शन गर्न वर्षेनी हजारौँ तिर्थयात्रीहरु आउने गरेका छन् । पछिल्लो समय केबुलकार सञ्चालन भएपछि यस क्षेत्रको आकर्षण थप बढेको छ ।
कालिञ्चोकको चुचुरोबाट दाँतका पंक्तिझैँ मिलेका लाङटाङ, गणेश, दोर्जे लाक्पा, जुगल, गौरीशंकरलगात हिमालहरुको मनोरम दृश्यावलोकन पनि गर्न पाइन्छ ।

हेरौँ केही तस्विरहरु :










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण