केन्द्रीय संस्करण
गोलार्द्ध

अमेरिकाको ‘लम्बेतान’ र ‘जटिल’ राष्ट्रपति चुनावी प्रक्रिया यस्तो हुन्छ

person explore access_timeमाघ ७, २०७६ chat_bubble_outline0

अमेरिकामा राष्ट्रपति पदको लागि दौड सुरु भइसकेको छ । वर्तमान विश्वमा अमेरिका महाशक्ति राष्ट्र भएकाले त्यहाँको राष्ट्र प्रमुखको प्रभाव विश्वव्यापी हुने गर्छ । 

अमेरिकाका राष्ट्रपतिले देशको आन्तरिक मामिलाका साथै अन्तराष्ट्रिय नीति पनि हेर्ने भएकाले यस्तो प्रभाव हुने हो । डेमोक्रेटिक पार्टीका नेताहरु अहिले पार्टी उम्मेद्वारको रुपमा चयन हुनलाई लागि परेका छन् । 

अमेरिकामा यही वर्ष नोभेम्बर ३ (मंगलबार) चुनाव हुनेछ । चुनावी प्रतिस्पर्धा मुख्यतः दुई ठूला राजनीतिक दलबीच हुने गर्छ । तिनको नाम हो– डेमाक्रेटिक र रिपब्लिकन ।

डेमोक्रेटिक पार्टी आधुनिक उदारवादलाई समर्थन गर्छ । उसले राज्यको हस्तक्षेपकारी भूमिका, सबैलाई समेट्ने स्वास्थ सेवा, सस्तो शिक्षा, समाजिक कार्यक्रम, पर्यावरण संरक्षण नीति र श्रमिक सङ्घमा विश्वास गर्छ ।

अघिल्लो पटकको चुनावमा डेमोक्रेट्सबाट राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टन थिइन् जो राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हारेकी थिइन् ।

अमेरिकी राजनीतिको अर्को महत्त्वपूर्ण दल रिपब्लिकन पार्टी हो । यसले समाजिक मुद्दामा रुढीवादको पक्षपोषण गर्छ ।

त्यसबाहेक सरकारको दायरा सिमित गर्नुपर्ने, कर कटौती गर्नुपर्ने, खुल्ला बजार पुँजीवाद, हतियार राख्ने अधिकार, श्रमिक सङ्घको डिरेगुलेसनजस्ता मुद्दामा उसको समर्थन हुन्छ । त्यस्तै तिनले आप्रवासन र गर्भपतनजस्ता मुद्दामा पनि कठोरता अपनाउनु पर्ने विश्वास गर्छ ।

तर अमेरिकमा यी दुईबाहेक अरु साना दल पनि छन् । तिनमा मुख्यत लिब्रेटेरियन, ग्रिन र इन्डिपेन्डेन्ट पार्टी छन् । यीनले पनि आफ्नो उम्मेद्वार खडा गर्न सक्छन् ।

तर हालसम्म राष्ट्रपति पदको दावी गर्नेहरु देशभर प्राइमरी चुनावमा आफ्नो पार्टीबाट उम्मेद्वारीको प्रयास गरिरहेका छन् ।

प्राइमरी चुनाव अमेरिकी राष्ट्रपति चुनावको पहिलो सिँढी हो । यो प्रक्रियाको बारेमा अमेरिकी संविधानमा कुनै लिखित निर्देशन छैन । यो प्रक्रिया पार्टी र राज्यमा निर्भर हुन्छ ।

यसलाई पार्टीले नभएर राज्य सरकारले आयोजित गर्छन् । राज्यका कानुनले प्राइमरी चुनाव बन्द हुने वा खुल्ला हुने निक्र्यौल हुन्छ ।

बन्द चुनावमा पार्टीका सदस्य पनि मतदान गर्न सक्छन् । खुल्ला चुनावमा भने ती पार्टीसँग असम्बद्ध व्यक्तिले पनि मतदान गर्न सक्छन् । त्यहाँ चुनिने डेलिगेटले पछि हुने कन्भेन्सनमा भाग लिन्छन् । कन्भेन्सनमा डेलिगेटले उम्मेद्वारको चयन गर्छन् ।

यी सम्पूर्ण चरणपछि औपचारिक रुपबाट दलले उम्मेद्वार तय गर्छन् ।

अमेरिकामा जस्तै चुनाव अष्ट्रेलिया र इजरायलमा पनि हुन्छ जहा कैयौं उम्मेद्वारमध्येबाट एक उम्मेद्वार चुनिन्छ ।

चुनावी ककस के हो ?

आयोवाजस्ता केही राज्यले डेलिगेट चयनको लागि प्राइमरी चुनाव नभएर ककस विधि अपनाउँछन् । यो चुनाव भने पार्टी स्वयम्ले आयोजना गर्छन् ।

किनकि यो चुनाव राज्य सरकारले भन्दा पनि पार्टीले गर्दा आफ्ना नियम लागु गर्न सहज हुन्छ । मतदान कसले गर्ने भन्ने पार्टीले तय गर्छन् ।

डेमोक्रेट्सको ककसमा मतपत्रबाट मतदान हुँदैन । त्यहाँ पार्टीका सदस्य एककृत हुन्छन् र उम्मेद्वारको नाममा छलफल हुन्छ । त्यसपछि त्यहाँ उपस्थित व्यक्ति हात उठाएर उम्मेद्वारलाई चयन गर्छन् ।

राष्ट्रपति उम्मेद्वार चुनावको समयमा एक दिन सुपर ट्युसडेको मतदान हुन्छ । यो दिन कैयौँ राज्यमा प्राइमरी या ककसको एकै दिन चुनाव हुन्छ । यो वर्ष सुपर ट्युसडे मार्च ३ मा पर्छ ।

चुनावी प्रक्रिया कहिलेसम्म जारी रहन्छ ?

अमेरिकामा प्राइमरी र ककस चुनावको प्रक्रिया फेब्रुअरीबाट चल्छ र जुनसम्म चल्छ ।

विश्वका केही देशमा प्रचार अवधि निश्चित गरिने भए पनि अमेरिकामा उम्मेद्वार जब चाह्यो तब प्रचार गर्न सकिन्छ । ब्रिटेन र फ्रान्समा पनि यही व्यवस्था छ ।

राष्ट्रपति चुनावको लागि प्रचार अभियान लगभग १८ महिनासम्म चल्छ । राष्ट्रपति र उप–राष्ट्रपतिका उम्मेद्वारको लागि डेमोक्रेटिक पार्टीको राष्ट्रिय कन्भेन्सन(सम्मेलन) जुलाई १३ देखि १६ बीचमा हुनेछ ।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन अगस्ट २४ देखि २७ बीचमा हुनेछ ।

जबसम्म सम्मेलन घोषणा हुदैन तबसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको आधिकारिक उम्मेद्वार बन्ने छैनन् ।

यसपछि रिपब्लिकन पार्टीका उम्मेद्वारका रुपमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उप–राष्ट्रपति माइक पेन्स आफ्ना डेमाक्रेटिक प्रतिद्वन्दीका साथ चार वहस भाग लिनेछन् ।

जीतको लागि कति मत आवश्यक हुन्छ ?

अमेरिकामा राष्ट्रपति चुनाव सिधा जनताको मत गनेर नभइ इलेक्ट्रोल कलेजको संख्याको आधारमा हुन्छ ।

जसरी ककसमा डेलिगेट चुनिन्छन् त्यसरी नै चुनावी मतबाट इलेक्टर्स चुनिन्छन् । इलेक्टर्सको समूहलाई इलेक्टोरल कलेज भनिन्छ । यिनले पछि अमेरिकी राष्ट्रपति जितको घोषणा गर्छन् ।

ह्वाइट हाउसमा पुग्नको लागि कुल ५३८ मध्ये २७० भोटको आवश्यकता हुन्छ । यसबाट केही राज्य उम्मेद्वारको लागि निक्कै महत्त्वपूर्ण हुन्छ ।

राज्यमा जति धेरै जनसंख्या हुन्छ, त्यति नै धेरै संख्यामा इलेक्टोरल मत आउँछन् ।

स्वीङ, रेड र ब्लू राज्य भनेको के हो ?

रिपब्लिकन पार्टीको प्रभाव भएको दक्षिणी राज्यलाई रेड स्टेट्स भनिन्छ । डेमोक्रेट्सको प्रभाव हुने राज्यलाई ‘ब्लू स्टेट्स’ भनिन्छ ।

चुनाव अभियानका क्रममा अक्सर राजनीतिक दल तथा उम्मेद्वार यी राज्यमा उम्मेद्वार पठाउँदैनन् । किनकि यी राज्यमा कसले जित्ने भन्ने तयजस्तै हुने गर्छ ।

ओहायो र फ्लोरिडाजस्ता कसले जित्छ भन्ने निश्चित नभएका राज्य(स्विङ स्टेट)मा राष्ट्रपति चुनावको वास्तविक प्रतिस्पर्धा हुने गर्छ । उम्मेद्वारले तिनको अधिकांश समय र पैसा यिनै राज्यमा प्रयोग गर्ने गर्छन् ।

एरिजोना, पेन्सिलभेनिया, विसकन्सिनलाई सन् २०२० को चुनावमा ‘स्विङ स्टेट्स’ मानिएको छ ।

कसरी हुन्छ मतदान ?

मतदानमा पनि राज्य अनुसार फरक व्यवस्था छ । कैयौं राज्यमा छिट्टै चुनाव हुन्छ, जसले मतदातालाई चुनावको मुख्य दिनभन्दा अघि नै मतदान गर्ने अनुमती दिन्छ ।

जो मतदाता विमारी या असक्त छन् वा यात्राका क्रममा राज्यबाहिर छन् तिनले इमेलमार्फत मतदान गर्ने विकल्प पनि हुन्छ । 

हरेक राज्यले आफ्नो सीमाभित्र हालिएको मतपत्रमात्र गन्ती गर्छन् र सामान्यता मतगणनाको नतिजा सोही रात आउँछ ।

यदी कसैले बहुमत पाएन भने के हुन्छ ?

यदी कुनै उम्मेद्वारले इलेक्टोरल मतमा बहुमत पाएन भने संसदको तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)ले मतदानमार्फत शीर्ष तीन उम्मेद्वारमध्यबाट राष्ट्रपति चुन्छन् ।

बाँकी रहेका दुई उम्मेद्वारमध्येबाट सिनेटले उप–राष्ट्रपति चुन्छ ।

यस्तो अवस्था सन् १८२४ मा एक पटक आएको थियो ।

विजेता घोषणा भएपछि के हुन्छ ?

चुनावी नतिजा घोषणा भएपछि राष्ट्रपतिलाई उनको क्याबिनेट सदस्य चुन्ने र योजना बनाउनको लागि केही समय दिइन्छ ।

नोभेम्बरको मतपरिणाम आएपछि जनवरीमा राष्ट्रपति पदको सपथ दिलाइन्छ । कंग्रेसमा कार्यक्रमपछि राष्ट्रपति एक परेडमा ह्वाइट हाउस जान्छन् र बाँकी चार वर्षको कार्यकाल सुरु हुन्छ ।

स्रोत : https://www.bbc.com/hindi/international-51106546

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...