बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दीपिकाको सबैभन्दा कमजोर फिल्ममध्येको एक बन्यो छपाक, १० दिनमा ३२ करोड कमाई

मङ्गलबार, ०७ माघ २०७६, ०८ : ५९
मङ्गलबार, ०७ माघ २०७६

दीपिका पादुकोण स्टारर फिल्म छपाक १० दिनमा नै अस्विकृत भएको छ । १० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ ।

यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा दर्शकबीच कुनै उत्साह देखिएन । फिल्मले शुक्रबार ९५ लाख, शनिबार १.४० करोड र आइतबार १.७५ करोड भारु सहित अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार गरेको छ ।

दीपिकाको सबैभन्दा फ्लप फिल्ममध्येको एकः

छपाक फिल्म दीपिका पादुकोणको करियरको सबैभन्दा फ्लप फिल्ममध्येको एक भयो । सन् २०१५ मा रिलिज भएको तमाशापछि छपाक उनको करियरको दोस्रो फ्लप फिल्म रह्यो । सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो तर छपाकले दीपिकाको करियर ग्राफ बिगारिदिएको छ । यतिमात्रै होइन दीपिका यो फिल्मकी सह–निर्माता थिइन् र उनले यसमा १२ करोड लगानी गरेकी थिइन् जसमा उनलाई घाटा लाग्यो । दीपिकाले आफ्नो करियरमा अहिलेसम्म २३ वटा फिल्ममा काम गरेकी छिन् जसमध्ये छपाकसहित १० वटा फिल्म फ्लप भए ।


तान्हाजीः द अनसंग वारियर हिट भयो

छपाकले अजय देवगनको फिल्म तान्हाजीः द अनसंग वारियरका कारण पनि क्षती व्यवहोर्नुपरेको हो । १० जनवरीमा नै रिलिज भएको तान्हाजीले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै १० दिनमा भारु १६० करोडको व्यापार गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप