बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छायामा गणित विषय : कक्षा ११ र १२ मा ऐच्छिक राख्ने तयारी

मङ्गलबार, ०७ माघ २०७६, ०८ : ३५
मङ्गलबार, ०७ माघ २०७६

धेरै राष्ट्रहरुले भाषागत विषयबाहेक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य विषयका रुपमा पाठ्यक्रममा समावेश गरेको पाइन्छ । नेपालमा भने कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतनको लागि तयार पारिएको पाठ्यक्रममा गणित विषयलाई अवहेलना गरिएको छ ।

कक्षा ११ र १२ को  पाठ्यक्रम परिर्वतन गर्नका लागि विगत २ वर्षदेखि सुुरु गरिएको हो । गणित विषयलाई अनिवार्य वा ऐच्छिकमा राख्ने भनेर विभिन्न समयमा चर्चापरिचर्चा भएको थियो । कक्षा ११ र १२ को लागि तयार पारिएको पाठ्यक्रमको प्रारुपमा विज्ञान सङ्कायमा अध्ययन गर्ने विद्यार्थी गणित विषय अध्ययन गर्नबाट बञ्चित हुने अवस्था सृजना गरिएको प्र्रध्यापक डाक्टर टंकनाथ धमलाको आरोप छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परिर्वतनका लागि तयार पारेको पाठ्यक्रमले विद्यार्थीको रुचीलाई समेट्न नसकेको धमलाको भनाइ छ ।   

केन्द्रले  कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण कार्यको प्रारुप तयार पारेको केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराई बताउँछन् । पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेअनुसार अब कक्षा ११ र १२ मा ३ वटा विषय अनिवार्य र ३ वटा विषय ऐच्छिक गरी ६ विषय अध्ययन गर्नुपर्नेछ । विद्यार्थीले चाहेमा अर्को ‘ननक्रेडिट’ विषय थपेर ७ औँ समेत अध्ययन गर्न पाउने केन्द्रका निर्देशक तथा सूचना अधिकारी भट्टराईले बताए ।

हाल सञ्चालनमा आएको कक्षा ११ र १२ मा जुन विषय छनौट गरे पनि पाठ्यक्रममा ५ वटा विषय निर्धारण गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको नयाँ पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अङ्ग्रेजी र सामाजिक शिक्षा अनिवार्य विषय बनाइएको छ । त्यसमा थप ३ वटा ऐच्छिक विषय गरी जम्मा ६ वटा विषय अध्ययन गर्ने छन् । यस्तै कक्षा १२ भने अनिवार्य विषयमा नेपाली, अङ्ग्रेजी, जीवन उपयोगी हुनेछ भने ऐच्छिक विषय ३ वटा गरी ६ वटा विषय अध्ययन गर्नु पर्ने उनले बताए ।

कक्षा ११ र १२ मा ६ वटा विषय अध्ययन गर्न अनिवार्य बनाए पनि गणित विषयलाई ओझेलमा पारिएको प्राध्यापकहरुको छ । अनिवार्य विषयकारुपमा गणित र विज्ञान जस्ता विषयलाई पाठ्यक्रममा समावेश गरिएको छैन । ऐच्छिक विषयमा विद्यार्थीले छनोट गर्दा विभिन्न ८० विषय मध्येबाट छनौट गर्न पाउने भट्टराईले बताए ।  

केन्द्रका सूचना अधिकारी भट्टराईका अनुसार अनिवार्य विषय बाहेक ऐच्छिक विषयमा इच्छा लागेको विषय छनौट गर्न पाउने उनले बताए । ‘गणित विषय पनि ऐच्छिक विषयमा पर्छ, उनले भने, अनिवार्य र ऐच्छिक विषयमा गणित अध्ययन गर्न नपाए सातौँ विषयका रुपमा गणितको अध्ययन गर्न सकिन्छ ।’


कक्षा ११ र १२ मा गणित विषय अनिवार्य नबनाउँदा व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीलाई पनि समस्या हुन सक्छ । मानविकी सङ्काय अध्ययन गर्नका लागि माध्यमिक तहमा गणित विषयको ज्ञान हुन जरुरी हुने धमला बताउँछन् । यस्तै अनिवार्य विषयका रुपमा गणितलाई नराख्दा लोकसेवा आयोग तयारी गर्ने विद्यार्थी पनि समस्यामा पर्नेछन् । गणित विषय अनिवार्य रुपमा अध्ययन गर्न नपाउदा धेरै विद्यार्थी उच्चशिक्षा अध्ययन गर्नबाट बञ्चित हुने धमलाको दाबी छ ।


गणित विषयलाई अवहेलाना गरियो

पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाई विपरीतधारमा राखेर कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण गरेको प्राध्यपक डाक्टर टंकनाथ धमला बताउँछन् । विज्ञान र प्रविधिको आधारस्तम्भ मानिएको गणित विषयको महत्त्वलाई ओझेलमा पारेर परिवर्तित पाठ्यक्रमको प्रारुप तयार पार्नु गलत कार्य भएको धमलाको बुझाइ छ ।

विज्ञान र प्रविधिक विषयहरुका लागि आवश्यक पर्ने गणित विषयप्रति पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीको रुचीअनुसार अगाडि बढ्नु पर्ने धमला बताउँछन् ।

‘आधुनिक तथा प्रविधिको युगमा गणित विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुको विकल्प छैन । अनिवार्य विषयमा गणितलाई राख्न नसकेपनि ऐच्छिक विषयमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले पढ्न पाउनुपर्छ ।’

अन्य देशले गणित विषयलाई माध्यामिक तहमा अनिर्र्वाय बनाएको पाइन्छ । कक्षा ११ र १२ मा गणितलाई अनिवार्य बनाएमा विद्यार्थीमा आत्मविश्वास तथा सिर्जनशीलता बढ्दै जान्छ ।  गणित विषय विज्ञान तथा प्राविधिक विषयहरुको आधारस्तभ भएकाले प्राथमिकता दिएर स्कुल तहमा अनिवार्य बनाउन आवश्यक भएको उनी बताउँछन् । गणित विषय अध्ययनले विज्ञान तथा प्राविधिक अध्ययनतर्फ गहनरुपमा अध्ययन गर्ने  विद्यार्थीको बानीको विकास हुने समेत धमला बताउँछन् ।

पाठ्यक्रममा गणित विषय नराखेर विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्नबाट रोक लगाउने अवस्था सिर्जना गरिएको उनले बताए ।


विश्वविद्यालयमा अध्ययन गर्न आवश्यक पर्ने न्युनतम सर्तहरु समेत आंकलन नगरिकन पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण गरेको धमलाको आरोप छ  । १ सय पूर्णाङ्कको गणित कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले मात्रै स्नातक तहमा बायोलोजी अध्ययन गर्न पाउँछन् । यस्तै कृषि, फरेष्ट्री आदिविषयमा अध्ययन गर्नका लागि पनि कक्षा ११ र १२ मा १ सय पूर्णाङ्कको गणित अध्ययन गरेको हुनुपर्छ ।

 


गणित विषय नहँुदा पर्ने असरहरु

पाठ्यक्रम विकास केन्द्रले ल्याउन लागेको परिवर्तित पाठ्यक्रमको प्रारुपअनुसार विज्ञान विषय छनोट गरेर अध्ययन गर्ने विद्यार्थीले चाहेर अध्ययन गर्न पाउँदैन । विज्ञान विषय लिएर यदि ३ वटा फिजिक्स, बायोलोजी र केमेष्ट्री ऐच्छिक विषय अध्ययन गर्नेले गणित विषयलाई ‘ननक्रेडिट’ सातौँ विषयको रुपमा अध्ययन गर्न बाध्य हुने छ । विद्यार्थीले अनिर्वाय तथा ऐच्छिक विषयमा चाहेर पनि गणित अध्ययन गर्न पाउने अवस्था छैन । गणित विषय अध्ययन गर्नेले सातौं विषय अध्ययन गर्नुपर्ने अवस्था आएको धमला बताउँछन् ।

विज्ञान र प्राविधिक विषयको आधारस्तभ मानिएको गणितलाई ओझेलमा नपारेर कक्षा ११ र १२ मा अनिवार्य पाठ्यक्रम तयार गर्नुको सट्टामा ऐच्छिकमा पनि नराखेर गणित विषयलाई ‘ननक्रेडिट’मा राख्नु गणित विषयप्रति नकारामत्क सन्देश प्रभाह गर्न खोजिएको उनले बताए । ‘अनिवार्य तथा ऐच्छिक विषय विद्यार्थीको रुचीअनुसार पाठ्यक्रम विकास केन्द्रले तयारी गर्न सक्नुपर्छ,’ उनले भने, ‘गणित विषयलाई ‘ननक्रेडिट’मा राख्नुहुँदैन ।’ 

विज्ञान र प्राविधिक विषयको मुख्य जगमानिने गणित विषयलाई ओझेलमा पार्दा कक्षा ११ र १२ मा गणित अध्ययन नगरेका विद्यार्थीले इन्जिनियरिङ, फरेष्ट्री र कृषि जस्ता विषय अध्ययन गर्नबाट बञ्चित हुने उनले बताए ।

विश्वविद्यालयमा अध्ययन गर्न आवश्यक पर्ने न्युनतम सर्तहरु समेत आंकलन नगरिकन पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माण गरेको धमलाको आरोप छ  । १ सय पूर्णाङ्कको गणित कक्षा ११ र १२ अध्ययन गरेका विद्यार्थीले मात्रै स्नातक तहमा बायोलोजी अध्ययन गर्न पाउँछन् । यस्तै कृषि, फरेष्ट्री आदिविषयमा अध्ययन गर्नका लागि पनि कक्षा ११ र १२ मा १ सय पूर्णाङ्कको गणित अध्ययन गरेको हुनुपर्छ ।

कक्षा ११ र १२ मा गणित विषय अनिवार्य नबनाउँदा व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थीलाई पनि समस्या हुन सक्छ । मानविकी सङ्काय अध्ययन गर्नका लागि माध्यमिक तहमा गणित विषयको ज्ञान हुन जरुरी हुने धमला बताउँछन् । यस्तै अनिवार्य विषयका रुपमा गणितलाई नराख्दा लोकसेवा आयोग तयारी गर्ने विद्यार्थी पनि समस्यामा पर्नेछन् । गणित विषय अनिवार्य रुपमा अध्ययन गर्न नपाउदा धेरै विद्यार्थी उच्चशिक्षा अध्ययन गर्नबाट बञ्चित हुने धमलाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप