शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिया पिउने बानीले बुढेसकालको डिप्रेसन घटाउने

मङ्गलबार, ०७ माघ २०७६, ०७ : २९
मङ्गलबार, ०७ माघ २०७६

बुढेसकाल लाग्दै जाँदा देखापर्ने एउटा प्रमुख समस्या डिप्रेसन पनि हो । ६० वर्ष उमेर कटेकाहरुमध्ये करिब ७ प्रतिशतलाई यो समस्या हुने गर्छ ।

बुढेसकालमा किन डिप्रेसनको समस्याले सताउँछ भन्नेबारेमा विभिन्न अध्ययनअनुसन्धानहरु भएका छन् र भइरहेका पनि छन् । ती अध्ययअनुसन्धानहरुले देखाएअनुसार त्यसरी बुढेसकालमा मानिस डिप्रेसनको शिकार हुनुमा आनुवंशिकता, सामाजिक–आर्थिक हैसियत, परिवारका सदस्यजन तथा आफ्नो जीवनसाथीसँगको सम्बन्ध र समाजको अवस्थाले भूमिका खेल्ने देखिएको छ ।

बुढेसकाल र डिप्रेसनका बारेमा अनुसन्धान गर्ने क्रममै एउटा रोचक तथ्य पनि प्रकाशमा आएको छ । नेशनल युनिभर्सिटी अफ सिंगापुर (एनयुएस) र सांघाईको फुदान युनिभर्सिटीले चीनका बुढाबुढीहरुमा गरेको एउटा अध्ययनमा बुढाबुढी उमेरका मानिसहरुको नियमित रुपमा चिया पिउने बानी र डिप्रेसनका बीचमा महत्वपूर्ण सम्बन्ध रहने देखाएको छ । त्यसअनुसार, नियमित रुपमा चिया पिउने बृद्धबृद्धाहरुमा गज्जबका साथ डिप्रेसनको समस्या कम हुने देखिएको छ ।

त्यसो त यस अनुसन्धानमा संलग्न अनुसन्धानकर्ताहरु अहिले नै बुढेसकालमा हुने डिप्रेसन अझ विशेष गरेर बुढेसकालको मानसिक स्वास्थ्य र चिया पिउने बानी बीचको सम्बन्धका बारेमा निष्कर्षमा पुगिसकेका छैनन् । तर बीएमसी जेरियाटिक्समा प्रकाशित उनीहरुको अध्ययनको खोजले तिनका बीच बलियो सम्बन्ध हुने देखाएको छ ।

बुद्धहरुका माझ चिया पिउने कुरा निक्कै लोकप्रिय छ । पछिल्ला विभिन्न अध्ययनहरुले पनि चियाको सम्भाव्य फाइदाहरुका बारेमा खोजतलास गरेका छन् ।

एजिंगमा प्रकाशित नेशनल युनिभर्सिटी अफ सिंगापुरकै अर्को अध्ययनले पनि चियामा हुने तत्त्वहरुले मानिसको मस्तिष्कको कार्यलाई स्वस्थ राख्ने देखाएको थियो ।

सो अध्ययन रिपोर्टमा चियामा हुने क्यातेचिन (catechin),, एल–थियानिन (L-theanine) र क्याफिन (caffeine)ले मानिसको मुडमा, मस्‍तिष्कको कार्यक्षमतामा, मुटुको स्वास्थ्यमा, क्यान्सरको प्रतिरोधमा र मृत्युदरमा सकारात्मक असर पार्ने देखिएको थियो ।

तर डिप्रेसन हटाउने सवालमा चियाको भूमिका चाहिँ ठोस रुपमा के हुन्छ भनेर व्याखय गर्न गाह्रो छ । खासगरी, चीन जस्तो देशमा चिया पिउने क्रममा हुने सामाजिक अन्तक्र्रियाले केही मात्रामा वा पूर्ण रुपमा नै चिया पिउने बानीले दिने फाइदाहरुमा योगदान गरिरहेको पनि हुन सक्छ ।

उक्त अध्ययन १३ हजार व्यक्तिहरुमा गरिएको सन् २००५ देखि २०१४ को बीचमा गरिएको थियो । त्यस क्रममा चिया पिउने बानीले डिप्रेसन घटाउने बारेमा पर्याप्त मात्रामा सम्बन्ध फेला परेको थियो ।

डिप्रेसन घटाउनमा योगदान गर्ने अरु पक्षहरुमा शहरी भेगमा बसोबास, शिक्षित अवस्था, विवाहित रहेको अवस्था, आर्थिक रुपमा सक्षम, तुलनात्मक रुपमा स्वस्थ र सामाजिक अन्तरघुलुन पनि पर्दछन् ।

सोही अध्ययनले के पनि देखायो भने चिया पिउनुको धेरै फाइदा चाहिँ  ६५ देखि ७९ वर्षका पुरुषहरुमा बढी रहेको देखियो ।

स्रोतः मेडिकल न्यूज टुडे

Title Photo: https://confuciusmag.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप