शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियामा धुलोको आँधीः दिउँसै अँध्यारो, चेतावनी जारी

मङ्गलबार, ०७ माघ २०७६, ०७ : ०८
मङ्गलबार, ०७ माघ २०७६

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धुलोको मुस्लोसहितको आँधीका कारण केही शहरमा दिउँसै अँध्यारो छायो ।

सोसल मिडियामा यसका थुप्रै भिडियो सेयर गरिएका छन् । यसमा न्यू साउथ वेल्स आसपासका शहरमा धुलोयुक्त आँधी देख्न सकिन्छ ।

मौसम विभागले पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा बताएको छ भने डुब्बो शहरमा १०७ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । मौसम विभागका अधिकारी रोज बारले आइतबार न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हिस्सामा वर्षा पनि भएको जानकारी दिएका छन् ।

भिक्टोरियामा ५६.६ मिमी वर्षा भयोः

राज्य आपतकालीन सेवामा आइतबार बिहान मद्दतका लागि १ हजार ४ सय ५३ फोन आए । यीमध्ये हजार बढी फोनमा भवन ध्वस्त भएको जानकारी दिइएको थियो । भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६.६ मिमी वर्षा भयो । मेलबर्नको उत्तर–पूर्वमा मेघ गर्जनसहित तेज गतिमा आँधी चल्यो । धेरैजसो इलाकामा १०–१५ मिमी वर्षा भयो जबकी डनकास्टरमा २७ मिमी वर्षा भयो ।

मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिलः

भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अबको केही दिनमा बाढी र तीब्र गतीको आँधी देख्न सकिने जानकारी दिएका छन् । भिक्टोरियामा आइतबार चेतावनी जारी गरिएको छ । यहाँको १४ स्थानमा डढेलो लागेको छ । पास्टोरियामा डढेलोका कारण मानिसहरुलाई ज्यानको खतरा थियो । यद्यपि, सोमबार बिहानसम्म  यसमाथि थोरै नियन्त्रण आएको बताइएको छ । मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल गरिएको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप