शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'प्राध्यापकको वर्गीकरण आपत्तिजनक'

मङ्गलबार, ०७ माघ २०७६, ०६ : ३५
मङ्गलबार, ०७ माघ २०७६

सरकारले विश्वविद्यालयका प्राध्यापकको वर्गीकरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदामा सो विषय उल्लेख छ । 

मस्यौदामा प्राध्यापकको मात्र वर्गीकरण वर्गीकरण गरिएको छ, सहायक, उप र सहप्राध्यापकका सम्बन्धमा कुरा गरिएको छैन । 

नेपाल प्राध्यापक संघका महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद शिवाकोटीले अध्ययन नै नगरी प्रध्यापकको वर्गीकरण गर्ने विषय समावेश गर्नु गलत भएको बताए ।

 ‘क्याम्पसमा पढाउने सबैलाई प्राध्यापक भनी सम्बोधन गरेको भने फरक छैन, तर प्राध्यापकलाई मात्र वर्गीकरण गर्ने विषय आपत्तिजनक छ,’ उनले भने । यो समाचार आजको समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप