उत्तर कोरियामा नयाँ विदेशमन्त्री चयन,अमेरिकासँगको परमाणु वार्तामा यु टर्नको संकेत

एजेन्सी । प्योङयाङले अमेरिका र उत्तर कोरिया बीचमा अवरुद्ध परमाणु वार्तामा यु टर्न लिएको छ । उत्तर कोरियाले अमेरिकासँग परमाणु वार्ता जारी राख्ने भन्दै नयाँ विदेश मन्त्री नियुक्त गरेको छ । नयाँ विदेशमन्त्रीको नियुक्तिसँगै दुई देशबीचको परमाणु वार्ताले यु टर्न लिने संकेत देखिएको हो । उत्तरकोरियाले भर्खरै रि सोन ग्वोनलाई नयाँ विदेशमन्त्रीमा नियुक्त गरेको छ । अघिल्ला विदेशमन्त्री रि योङ होको ठाउँमा ग्वोनलाई नियुक्त गरिएको जनाइएको छ । यद्यपि मन्त्री नियुक्तिको सूचना गतहप्ता मात्र बाहिर आएको हो ।
यद्यपि, नयाँ विदेश मन्त्रीको नियुक्तिसँगै उत्तर कोरियाका नेता किम जोङ उनले सामरिक हतियारहरूको विकास गर्ने क्रम भने जारी राख्ने जनाएका छन् । उनले जबसम्म अमेरिकाले आफ्नो देशप्रतिको शत्रुतापूर्ण नीति समाप्त पार्दैन तबसम्म आफ्नो अभियान जारी राख्ने बताएका हुन् । तर उनले नयाँ विदेशमन्त्रीलाई परमाणु वार्तालाई निश्कर्षमा पुर्याउने उद्धेश्यसहित नियुक्ति गर्नुभएको अनुमान गरिएको छ ।
यो हप्ताभित्र नयाँ विदेशमन्त्रीको आधिकारिक नियुक्ति घोषित गरिने जनाइएको छ । योनहपको रिपोर्टअनुसार रि सोन एक पूर्व सैन्य अधिकारी हुन् । उनी यसअघि मुलुकको शान्तिपूर्ण पुनर्मूल्याँकनका लागि बनेको समितिका अध्यक्ष समेत भैसकेका व्यक्ति हुन् । उनी दक्षिण कोरियासँगको वार्ताका लागि बनेको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वकर्ता पनि हुन् ।
एक हप्ताअघि उत्तर कोरियाले फेरि आणविक वार्ता सुरु हुने बताएको थियो । त्यो देशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमलाई जन्मदिनको बधाईसहितको पत्र प्राप्त भएको जनाउँदै आएको छ । आणविक वार्ताबारे किमले भनेका छन, ‘उत्तर कोरियाले उठाएका मुद्दाहरूको बारेमा वाशिङ्गटनले पूर्ण सहमति गरेमा मात्र वार्ता सुरु हुन सक्दछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह