शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुलिस सेमिफाइनलमा प्रवेश

सोमबार, ०६ माघ २०७६, १९ : ५६
सोमबार, ०६ माघ २०७६

काठमाडौं । नेपाल पुलिस क्लब पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पुलिसल ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसल २५–५, २५–१५, २५–८ को जित निकाल्यो । महिलातर्फको अर्को खेलमा समूहगत चरणबाट बाहिरिएको भरतपुर मेट्रो खेलकुद परिषद्ले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सेटमा हरायो । भरतपुर मेट्रोले २५–८, २५–९, २५–१५ को जित निकालेको थियो ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आर्मी नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१५, २५–१७, २५–१७ को जित दत्र्ता गरेको थियो । 

आर्मीसँग पराजित भए पनि नयाँबजार समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको छ । समूह ‘ए’बाट आरजी भलिबल ग्रुप बाहिरिएको छ । समूह ‘बी’ को अर्को खेलमा बुलबुले रारा क्लबले जाउलाखेललाई ३–० को सोझो सेटमा पराजित गर्यो । राराले २५–१५, २५–२१, २५–१० को जित निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप