शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कपाललाई फुल्न र झर्नबाट यसरी बचाउनुस्

सोमबार, ०६ माघ २०७६, १९ : १४
सोमबार, ०६ माघ २०७६

कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ । त्यसमा पनि कम उमेरमै कपाल फुल्नु झनै चिन्ताको विषय हो । किन फुल्छ कपाल ? कसरी यसबाट मुक्ति पाउने ? यसबारे केही जानकारी लिनिुहोस् :

उमेर वृद्धि भएसँगै कपाल कालो बनाउने मेलानिन पिगमेन्ट तत्वमा ह्रास आउँछ । यही कारण कपालमा सेतोपना देखापर्छ ।

पोषण तत्वको कमी :
प्रोटिन, आइरन, भिटामिन बी १२, जिङ्कजस्ता पोषक तत्वको कमीले कपाल सेतो हुन्छ ।

वंशाणुगत गुण :
आमा, बाबा वा हजुरबा आमाको कपाल सानैदेखि फुलेको छ भने त्यसको असर पनि सन्तानमा देखापर्छ ।

आधुनिकताका नाममा बढी रसायनको प्रयोग :
कपालमा लगाउने विभिन्न मेहन्दी, कलर, सेम्पो, कन्डिसनर आदिको बढी प्रयोग गर्दा कपाल फुल्छ ।

विभिन्न रोग :
कम उमेरमा नै थाइराइड, एड्स, डिप्रेसन एनिमियालगायतका समस्या भएका व्यक्तिमा यस्तो समस्या देखापर्छ ।

कम उमेरमै कपाल फुल्नबाट बचाउने घरेलु उपाय :
१.नरिवलको तेलमा सुकेको अमलाको टुक्रा मिसाएर उमाल्ने र नुहाउनु भन्दा २ घण्टा अगाडि तेल चिसो भएपछि कपाल र टाउको मालिस गर्ने । हप्तामा दुई पटकसम्म यसो गर्दा कपाल फुल्न छाड्छ ।

२. नुहाउनु अघि प्याज र कागतीको रस मिसाएर कपालमा लगाउँदा कपाल फुल्नबाट बच्नुका साथै टुक्रने र झर्ने समस्याबाट बचाउन सकिन्छ ।

३. बदमको तेल, कागतीको रस र अमलाको रसलाई बराबर राखी कपाल मालिस गर्दा कपालमा चमक आउनुको साथै फुल्नबाट बचाउँछ ।

४. कालो तिलको दाना महिनादिन जति सेवन गर्ने र तिलको तेलले कपाल मालिस गर्दा कपाललाई सेतो हुन दिँदैन ।

५. लौकाको रसमा जैतुनको तेल वा तिल मिसाएर कपाल र टाउकाको मालिस गर्दा कपाल भर्न तथा फुलबाट बचाउँछ ।

६. लौकाको तेल वा भृंगराज (जडीबुटी) को तेलले हप्तामा दुई तीन पटक कपाल मालिस गरी ४५ मिनेट राखेर पखाल्नु धेरै राम्रो मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप