शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा एकै परिवारका ४ जनाको हत्या

सोमबार, ०६ माघ २०७६, १८ : ३४
सोमबार, ०६ माघ २०७६

काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन् । हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताएका छन् । अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ । 

रहिमीका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मारिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई निर्मम हत्या गरेका छन् ।  युद्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूको क्रुर हत्या भएको यो दोस्रो घटना हो ।

गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात हतियारधारी व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको हत्या गरेका थिए ।  रहिमीले यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको बताएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप