बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँचीमा डुबेर दुई बालिकाको मृत्यु

सोमबार, ०६ माघ २०७६, १८ : १६
सोमबार, ०६ माघ २०७६

अर्घाखाँचीमा सोमबार पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । 

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।  

पोखरीमा डुबेर ज्यान गुमाउनेमा मालरानी गाउँपालिका–८ घर भएकी ५ वर्षीया क्रिष्टिना महत र छिमेकी जिल्ला प्युठानको प्युठान नगरपालिका घर भइ हाल सन्धिखर्क बस्ने ४ वर्षीया वर्षा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

अहिले दुबै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप