बर्लिन सम्मेलन: लिबियामा शान्ति स्थापना गर्ने सहमति

बर्लिन । जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरु लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् । उक्त सम्मेलनका सहभागीहरुबीच द्वन्द्व समाधान गर्न विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी दिइन् । उनले भनिन्– ‘हामी यस सम्मेलनमा हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने एक गम्भीर विषयमा सहमति जनाएका छौँ ।’
उनले बर्लिन सम्मेलनले अघि सारेको यस सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पु¥याउने धारणा उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा राखे । यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासहरुमा एक ठूलो योगदान पु¥याउने धारणा पनि जर्मन चान्सलर मर्केलले राखेका छन् ।
आइतबार बर्लिलनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरू लगायत विश्वका नेताहरू सहभागी भएका छन् । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी रहेका छन् ।
लिबियामा जारी द्वन्द्व अन्त्यका लागि आवश्यक सहयोग जुटाउने विषयमा पनि छलफल भएको थियो । हाल लिबियाका प्रधानमन्त्री फायज अल–साराजलाई राष्ट्रसंघले मान्यता दिएको छ । उक्त सम्मेलनमा सहभागिता जनाउन लिबियाली प्रधानमन्त्री साराज र त्यहाँका विद्रोही नेता हफ्तार पनि बर्लिन पुग्नुभएको समाचारमा जनाइएको थियो ।
सो पत्रकार सम्मेलनमा मर्केलले भनिन्– ‘यो सम्मेलनबाट हामी निकै खुशी भएका छौँ र मलाई लाग्छ अब आगामी दिनमा यहाँ शान्ति स्थापना गरी सबै पक्ष मिलेर अघि बढ्ने बाटो खुलेको छ ।’ उनले लिबियामा शान्ति प्रक्रियाका लागि यो पहिलो पाइला भएको पनि बताइन् । यही हतियारको प्रयोग निषेधित भएको समयको सदुपयोग गरेर आगामी दिनमा अघि बढ्नुपर्ने उनले बताइन् ।
उक्त सम्मेलनपछि ५५ बुँदे सहमति पत्र पनि जारी गरिएको छ । सम्मेलनका सबै सहभागीहरुले ती ५५ बुँदामा सहमति जनाएका छन् । उक्त सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिने छ र त्यसका आधारमा त्यहाँ हतियारको दुरुपयोग भए नभएको बारेमा निरीक्षण गरिने छ ।
यस सहमतिको संयुक्त राष्ट्रसंघले पनि सहमति जनाएको छ । संयुक्त राष्ट्रसंघ महासचिव गुटेर्रेसले यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा राखेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो